दमौली/क्षत्री समाज नेपाल जिल्ला कार्य समिति तनहुँले एक लाख बराबरको कोभिड–१८ सुरक्षा सामाग्री स्वास्थ्य क्षेत्रलाई उपलब्ध गराएको छ ।
सोमबार जिल्लाका ६ वटा अस्पताललाई स्वास्थ्य र सुरक्षाका सामग्रीहरु उपलब्ध गराएको हो । क्षेत्री समाज तनहुँमा आबद्ध व्यक्तिहरुले स्वस्फूर्त रुपले संकलन गरेको उक्त रकमबाट स्वास्थ्य र सुरक्षाका सामग्रीहरु खरिद गरी अस्पतालहरुलाई उपलब्ध गराइएको क्षत्री समाज तनहूँले जनाएको छ । कोरोना भाइरसको उच्च संक्रमण बढिरहेका बेला ती स्वास्थ्य संस्थाहरु अभाव टार्न ती सामग्रीहरु उपलब्ध गराएको क्षेत्री समाज तनहुँले जनाएको छ ।
कोरोनाको उच्च जोखिम मोलेर अग्रभागमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई कोरोनाको संक्रमणबाट बचाउने उद्देश्यले सो संस्थाले स्वास्थ्य र सुरक्षाका सामग्रीहरु उपलब्ध गराएको हो । क्षेत्री समाज तनहुँका अध्यक्ष रामबहादुर अधिकारी, उपाध्यक्ष एवं विपद व्यवस्थापन समितिकी कोषाध्यक्ष शारदा थापा अधिकारी, केन्द्रिय सदस्य क्या. भरतबहादुर अधिकारी लगायतकाले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी सागर आचार्य र स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीलाई स्वास्थ्य र सुरक्षाका सामग्री हस्तान्तरण गरेका थिए । तनहुँको दमौली अस्पताल, व्यास नगरपालिका द्वारा संचालित कृषि विकास बैंकको भवनमा रहेको सामुदायिक आइसोलेसन, बन्दिपुर अस्पताल, जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, पुरनडिहि अस्पताल र म्याग्देको कोभिड अस्पताललाई सो संस्थाले ती सामग्री उपलब्ध गराएको हो । उक्त संस्थाले पिपिइ ३० थान, सेनिटाइजर १ सय थान, फेस शिल्ड १ सय थान, मास्क १ सय थान उपलब्ध गराएको हो । क्षेत्री समाज नेपाल जिल्ला कार्य समिति तनहुँका अध्यक्ष रामबहादुर अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष विरेन्द्रबहादुर अधिकारी, केन्द्रिय सदस्य क्या. भरतबहादुर अधिकारी, केन्द्रिय बुद्धिजिवी सहसचिव चक्रबहादुर अधिकारी, प्रदेश सदस्य नानुमाया बस्नेत, संस्थापक अध्यक्ष अर्जुनबहादुर अधिकारी, व्यास नगरका अध्यक्ष प्रेमबहादुर राउत, व्यास नगरका सचिव हरि कार्की, नगरका सहसचिव रामचन्द्र अधिकारी, लगायतकाको सहभागिता रहेको थियो । सो कार्यक्रम संस्थाकी उपाध्यक्ष एवं विपद व्यवस्थापन समितिकी कोषाध्यक्ष शारदा थापा अधिकारीले संचालन गरेकी थिइन । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले यस्ता स्वास्थ्य सामग्रीहरुले कोरोनाको रोकथाम र नियन्त्रणमा सहयोग पुग्ने बताएका थिए ।
कोभिड विरुद्ध क्षत्री समाजको सहभागिता
previous post