मंसिर–४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली काँग्रेसको संसदीय दलको नेता चयनका लागि बुधबार मतदान सम्पन्न
भयो । मतदान पछिको गणनामा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा ६४ मत सहित निर्वाचित भएका छन् । दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापाले २५ सांसदको समर्थन पाए । पुस्तान्तरणको मुद्दा प्रखर रुपमा उठाएका गगन थापाको पराजयले कांग्रेसमा पुस्तान्तरणको चाह बोकेका समर्थक, शुभ चिन्तकको मन अमिलो भएको छ । उनिहरुलाई थपिंदै गएको पुस्तान्तरणको पिडाले थप आहात बनाएको छ । निराशाका स्वरहरु पनि सुनिन थालेका छन् कि जन चेतना र विचारको जालोले घेरिएको कांग्रेसको नेतृत्व वर्ग पुस्तान्तरणका लागि तयार छैन, त्यसैले अब कांग्रेसमा युवाको भविष्य छैन ।
अन्य दलमा नेतृत्वका लागि कसैले प्रयत्न समेत गर्ने हिम्मत जुटाउन नसकेका बेला कांग्रेसमा युवाले देखाएको अग्रसरता सह्रानीय छ । राजनीतिमा अनन्त सम्भावनाहरु हुन्छन् र त्यहि सकारात्मक सम्भावनाको गोरेटो पछ्याउँदै प्राप्त मतको सम्मान गर्दै आगामी दिनमा कांग्रेस युवा पुस्ताले फेरी पुस्तान्तरणको जवरजस्त प्रयत्न गर्ने कुरामा आशा राखौं । अहिलेको असफलताबाट पाठ सिक्दै र जड विचारका पक्ष पोषकहरुमा गतिशीलता थप्दै आगामी दिनमा सकरात्मक परिणामका लागि निरन्तर लागि पर्ने आत्मबल र विश्वास युवा नेताहरुमा कायम रहोस् ।
कांग्रेसमा थपिंदैं पुस्तान्तरणको पिडा -सम्पादकीय
previous post