22.6 C
Damauli
September 21, 2026
Tanahun Awaj
Uncategorized

बालबिकास माविको ६० औं वार्षिकोत्सव

दानबहादुर श्रेष्ठ
भिरकोट/ऋषिङ्ग गापा–४, स्थित बालबिकास मा बि ले आफ्नो ६० औं बर्ष पुगेको अवसरमा हिरक जयन्ती तथा अभिभावक सम्मेलन सम्पन्न गरेको छ ।

पुष २५ मा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोजराज रानाभाटको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथी ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले शिक्षा सँगसँगै थुप्रै बिकासका पुर्बाधार तयार हुँदै गरेको बताए । उनले शिक्षासंगसंगै आम नागरिकलाई आधारभुत रुपमा आवश्यक पर्ने बिद्युत, सडक लगायत बिषयमा गाउँपालिकाले घनिभुत छलफल गरिरहेको र यसै बर्ष स्वास्थ्य तर्फ गाउँपालिकाले महत्वपुर्ण कार्य गर्ने बताउँदै वडा नं ४ मा २५ सैयाको अस्पताल बनाउने घोषणा गरे ।

श्रेष्ठले यस अघि बितरित कम्प्युटर लगायतको शैक्षिक सामाग्री तथा बिज्ञान सामाग्री प्रयोग गर्न नपाएको विद्यार्थी गुनासो प्रति सम्बन्धित निकाय गम्भीर हुन सुझाव दिँदै शैक्षिक गुणस्तर सुधार गर्न सबैपक्ष एक स्थानमा उभिनुपर्ने बताए ।

कार्यक्रममा आफ्नो शुभकामना मन्तब्य राख्दै शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख रमाकान्त शर्माले शिक्षाको महत्व बारे सबैले बुझ्नुपर्ने बताउँदै सबैपक्ष लाग्न आग्रह गरे । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिनुमायाँ थापा लगायत शिक्षक हकहितसँग सम्बन्धित संघसंगठन सँगै विभिन्न पार्टिप्रतिनिधिहरुले शुभकामना मन्तब्य राखेका थिए ।

बिद्यार्थिहरुको सास्कृतिक प्रस्तुती समेत रहेको उक्त कार्यक्रममा प्रमुख अतिथी लगायत अतिथिहरु लाई आयोजकले पन्चेबाजाले स्वागत गरेका थिए । कार्यक्रममा शिक्षक दान बहादुर रानाभाटले स्वागत मन्तब्य दिएका थिए भने शिक्षक सुर्य बहादुर बि.क. ले कार्यक्रम संचालन गरेका थिए ।

Related posts

राष्ट्रसंगै हाम्रो सम्मान बढ्छः नेपाल

admin

शिक्षक महासंघ तनहुँ घोषणा

admin

कोरोना नियन्त्रणमा नागरिक पहल

admin