दमौली/नेपाली सेनाको कालीभञ्जन गण (इ) ले व्यास नगरपालिकाका १४ वटै वडाका जनप्रतिनिधिलाई गत बिहीबार सामुदायिक विपद् प्रतिकार्य सम्बन्धी सचेतनामूलक जानकारी प्रदान गरेको छ ।
समुदायमा हुने विपद्का घटना न्यूनीकरणका लागि गर्नुपर्ने कामका बारेमा जानकारी दिन गणले सचेतनामूलक कार्यक्रम गरेको गणका गणपति प्रमुख सेनानी बसन्त कार्कीले जानकारी दिए ।
त्यसक्रममा विपद्का बेला प्रयोग गरिने सामग्री समेत प्रदर्शन गरिएको थियो भने करिब ४० जनाको सहभागिता रहेको थियो ।
विपद् प्रतिकार्य सम्बन्धी सचेतना
previous post