गजौडे/नगरप्रमुख वैकुण्ठ न्यौपानेबाट व्यास नगरपालिका वडा नंं. ९ को वडा भवनको बुधबार एक कार्यक्रमका बीच शिलान्यास भएको छ ।
वडा कार्यालयले दश लाखमा खरिद गरेको पाँच आना जग्गा र स्थानीय दिलबहादुर गोदारले निःशुल्क प्रदान गरेको आठ लाख मूल्य बराबरको चार आना जग्गामा सो वडा कार्यालयको शिलान्यास गरिएको हो । वडा कार्यालय भवनका लागि यस आर्थिक बर्षमा विनियोजित पचास लाख बाट सो वडा कार्यालय भवन निर्माण गर्न लागिएको गजौडेबाट सम्वाददाता बाबुराम खनालले बताउनु भयो ।
वडाध्यक्ष सुरेश थापाको सभापतित्वमा भएको सो शिलान्यास समारोहलाई व्यास नगरपालिका वडा नं. १३ का वडाध्यक्ष लेखबहादुर राना, ७ का वडाध्यक्ष सतिशचन्द्र न्यौपाने, वडा नं. १० का वडाध्यक्ष तुलसीराम सापकोटा, वडा नंं. ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ नेपाली काँग्रेस वडा नं. ९ का सभापति वीरभद्र आचार्य, नेकपा व्यास नगरकमिटि सदस्य राजु आचार्य, स्थानीय भाग्यशाली आचार्य लगायतले सम्बोधन गर्नुभएको थियो । वडासदस्य ज्ञानु सुनारले स्वागत गर्नुभएको सो कार्यक्रमको सञ्चालन वडासचिव चेतबहादुर दरैले गर्नुभएको थियो ।