
कौराह नृत्य प्रस्तुत गर्न तम्तयार ऋषिङ–१ धोवलाका मगर युवतीहरु । कौराह नृत्य मगर समुदायको लोकप्रिय र मौलिक लोकनृत्य हो । यो नृत्य मुख्यतया रिसिङ र घिरिङ क्षेत्रबाट सुरु भएको मानिन्छ । हाल यो मगर समुदाय रहेका देशका विभिन्न भागहरूमा प्रचलित छ । यो सामूहिक रूपमा नाचिने नृत्य हो । परम्परागत रूपमा, एक गाउँका युवाहरूले खैँजडी बजाउने र अर्को गाउँका युवतीहरूले नाच्ने चलन थियो । कौराह गीतहरूमा प्रायः माया–प्रेम, ठट्टा, युवावस्थाका भावना र सामाजिक जीवनका भोगाइहरू समेटिएका हुन्छन् । कौराह नृत्यले मगर जातिको पहिचान, एकता र सांस्कृतिक समृद्धिलाई झल्काउँछ । तस्वीरः विजय गुरुङ
