
तनहुँको घिरिङ्ग–१ अत्रौली र पाल्पाको रामपुर न.पा. १ को संगमस्थल काशीबन(एक्वार) काली नदी तटका स्थानीय बासिन्दा यो प्रतिक्षालयमा बसेर यात्रु वाहक सावारी साधनको प्रतिक्षा मात्रै गर्दैनन् । काली नदी तटमा राहेको यो प्रतिक्षालयमा आएर टीकटक बनाउने युवतीको आकर्षण स्थल पनि बनेको छ । यसको साथै गर्मिले छटपटिएको बेला यो प्रतिक्षालयमा बसेर काली नदीबाट चिसो हावाको आनन्द लिने पारखीहरुको उत्तिकै चाप देखिन्छ । तस्विरः तनहुँ आवाज साप्ताहिक
