बैरेनी/व्यास नगरपालिका स्थित चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालय अनरगतको नेपाल युवा रेडक्रस सर्कल चण्डिदेवीले २०८० सालमा उत्कृष्ट युवा, अभिभावक, शिक्षक, विद्यार्थी छनौट गरी सम्मानित गरेको छ । २०८० सालको सर्कल पुनर्गठन पश्चात उक्त कार्यकाल रहंदा सम्मका सर्कलमा उत्कृष्ट कार्य गरे वापत विद्यार्थीलाई, सर्कल तथा विद्यालयलाई आवश्यक सरसल्लाह एवं सुझाव दिए बापत अभिभावक तथा शिक्षकलाई सम्मानित गरिएको सर्कलका शिक्षक नायक यम प्रसाद सापकोटाले जानकारी दिनुभयो ।सर्कलकी अध्यक्ष रञ्जना वि.क.को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्र.अ. एवं संरक्षक रामचन्द्र पोख्रेलले सर्कलले सम्मान गरेका व्यक्तिहरुलाई बधाई दिदै आगामी दिनहरुमा पनि उपयुक्त सरसल्लाह र सुभावको अपेक्षा राखेको वताउनु भयो ।सम्मानित हुनुहुने शिक्षकहरुमा लक्ष्मी पौडेल, भवनाथ गौतम र शान्ता बास्तोला रहनु भएको थियो भने अभिभावकहरुमा गौरीकान्त शर्मा, यमुना मगर, पुनम सुनार र निस्मा रानाभाट रहनु भएको थियो । कार्यक्रममा अभिभावकका तर्फबाट बोल्दै शर्माले आँफूलाई अझ बढी जिम्मेवार बनाएको बताउनु भयो ।सर्कलकी सह-शिक्षक नायक प्रतिक्षा पौडेलले स्वागत तथा सहजीकरण गरेको सो कार्यक्रमको संचालन शिक्षक नायक सापकोटालले गर्नुभएको थियो ।