गठबन्धनमा आवद्ध तनहुँका राजनीतिक दलहरुको सयुक्त बैठक बिहिबार नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेको सभापतित्वमा सम्पन्न भयो । कांग्रेस तनहुँका जिल्ला सदस्य डम्बर अधिकारीका अनुसार बैठकले तनहुँ क्षेत्र नं १ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा निर्वाचन परिचालन उच्च स्तरीय समिति गठन गरेको छ ।समितिको सदस्यहरुमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु प्रदीप पौडेल , धु्रव वाग्ले ,माओवादी केन्द्रका कोषाध्यक्ष श्रीराम ढकाल , माओवादीका केन्द्रका केन्द्रीय सदस्यहरु सुरेश आले मगर ,हरिबहादुर चुमन , आशा कोइराला , एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य प्रतापलाल श्रेष्ठ , एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरु कृष्णकुमार श्रेष्ठ , कलिला खान , नेता विद्या ढकाल ,शंकर पोखरेल ,नेता विद्या ढकाल , जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारी सदस्य शिवलाल थापा ,केन्द्रीय सदस्यहरु शर्मिला थापा आचार्य ,पासाङ थापा ,अर्जुन लम्साल लम्साल रहेका छन् । बैठकमा माओवादी केन्द्रका तर्फबाट जिल्ला अध्यक्ष मदन आले, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीराम कार्की , जनता समाजवादीका जिल्ला अध्यक्ष अर्जुन गुरुङ लगायतको उपस्थिती रहेको थियो ।
Uncategorised
-
‘लहरो तान्दा पहरो थर्कन्छ’ नेपाली भाषामा प्रयोग हुने विभिन्न उखान टुक्काहरु मध्येको एउटा मिठो…
-
दमौली/प्रेस चौतारी नेपाल तनहुँ शाखाले स्थापना गरेको यस बर्षको क्रियाशिल पत्रकारीता पुरस्कार पत्रकारद्वय प्रकाशचन्द्र…
-
गल्वुवेशी/व्यास–१ गल्वुवेशी स्थित नवआर्दश आमा समूहलाई स्थानीय हरि बहादुर हड्खलेले झण्डै पच्चिस लाख मूल्य…
-
कांग्रेस तनहुँको पार्टी सत्तामा जितप्रकाश पदाधिकारीमा न्यौपाने प्यानलका मिलन मात्रै
by Tanahu Awajby Tanahu Awajरमेश विकलनेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मंसिर ११ मा सम्पन्न जिल्ला अधिवेशनबाट तनहुँ कांग्रेसको…
-
तनहुँ आवाज साप्ताहिकलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा मायाँ गर्नुहुने सम्पूर्ण पाठक वर्ग, शुभेच्छुक, विज्ञापन दाता,…
-
एउटा शिक्षकलाई अनकौं रुपमा चित्रण गरिएका छन्, हाम्रो समाजमा । कोही भन्छन्, शिक्षक एउटा…
-
दमौली/व्यास ११ तनहुँसुरस्थित अमरसिंह माविको विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन गरिएको छ । मंगलबार…
-
दमौली/व्यास नगरपालिकाले २५ जनासम्म रहने गरी विद्यालयमा प्रत्यक्ष कक्षा चलाउने तयारी गरेको छ ।…
-
दमौली/व्यास नगरपालिका वडा नं. ५ पाटनमा रहेको पराशर माध्यमिक विद्यालयका प्रधानाध्यापक हेम पौडेलले नेपाल…
