दमौली/तनहुँमा जेठ १५ सम्म सरकारी तर्फबाट सञ्चालित बजेट फ्रिज भएर जाने योजना तथा आयोजना बाहेक अन्य नीजि क्षेत्रमा हुने निर्माण सम्बन्धि कार्यहरु स्थगित भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र तनहुँको मंगलबार बसेको बैठकले अक्सिजन आफूर्तिका लागि आवश्यक परिमाण पहिचान गर्न सक्ने प्राविधिक सिफारिस गर्न दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट र गिरिजाप्रसाद कोईराला स्वासप्रश्वास केन्द्रका मेडिकल सुपरिटेण्डेण्टको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयबाट अक्सिजन उपलब्ध गराउने व्यवस्था मिलाईएको छ ।
मंगलबार केन्द्रको बैठकको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले आदेश जारी गर्दै यदि कोहि कसैबाट आदेशको उल्लंघन भएमा संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही हुने व्यहोरा समेत उल्लेख गरेका छन् ।
आदेशमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको जेठ ४ को सिफारिसको आधारमा जिल्लाभर यस्तो निषेधाज्ञा जारी गरिएको उल्लेख छ । जारी आदेशले निर्माण क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्ने कामदारहरुलाई भने समस्यामा पार्ने भएको छ ।
समाचार
-
बागमती प्रदेश अन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन विहिबार हुँदैछ । उक्त निर्वाचनका लागि गृहमन्त्री…
-
ऋषिङ्ग/कोरोनाको दोस्रो लहरले नेपाल र सिङ्गो विश्व आक्रान्त भइरहेका बेला ऋषिङका युवा यसको नियन्त्रण…
-
कोभिडका कारण माध्यमिक शिक्षा परीक्षा( एसईइ) र कक्षा १२ को अन्तिम परीक्षा अनिश्चित कालका…
-
दमौली/नेपाली कांग्रेसले जिल्ला वासीलाई कोभिड–१९ को दोस्रो लहरको महामारीबाट बच्न स्वास्थ्यका मापदण्डको पालना गरी…
-
प्रधानमन्त्री दावी गर्न आज राती ९ बजेसम्म समय रमेश विकल-वहालवाल प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले…
-
विश्वासको मतको प्रस्तावको विपक्षमा देउवाको सम्बोधन प्रधानमन्त्री के. पी. शर्मा ओलीले विश्वासको मतका लागि…
-
दमौली÷ जिल्ला प्रशासन कार्यालय तनहुँले वैशाख २२ गते बुधबार राती १२ बजे देखि सोही…
-
निरिहता र अयोग्यताले संकट पार लाग्दैनः कांग्रेस सरकारलाई आम नागरिकको अभिभावक भनिन्छ । तर…
-
दमौली/व्यास नगर पालिकाले नपामा क्रियाशिल पत्रकारको कोभिड विमा गर्ने निर्णय गरेको छ ।बुधबार नगर…
