दमौली/निर्वाचन अयोगले आगामी स्थानीय निकायको निर्वाचनका लागि मतदाताको नामावली प्रकाशन गरेको छ ।
आयोगका अनुसार २०७९ बैशाख २९ सम्म १८ वर्ष पूरा भएका नेपाली नागरिकले मतदानमा सहभागी हुन पाउने
छन् । आयोगले चैत्र १३ मा प्रकाशित गरेको नामाबली अनुसार गण्डकी प्रदेशमा १७ लाख ७९ हजार ४११ मतदाता रहेका छन् । तनहुँ जिल्लामा दुइलाख ४४ हजार ३४० कुल मतदाता रहेकामा महिला मतदातको संख्या एकलाख २७ हजार २०६ रहेको छ भने पुरुष मतदातको संख्या एकलाख १७ हजार १३४ रहेको छ । महिला मतदातको संख्या पुरुषको भन्दा १० हजार ७२ ले बढी हो । आयोगका अनुसार तनहुँमा १३६ मतदान स्थल तथा २९७ मतदान केन्द्र रहने छन् । तनहुँका मतदाताको संख्या २०७८ को जनगणनाको प्रारम्भिक नतिजाको ७४.५८ प्रतिशत हो ।
तनहुँका १० स्थानीय निकाय मध्ये सबैभन्दा धेरै मतदाता व्यास नगरपालिकामा रहेका
छन् । आयोगका अनुसार व्यासमा ४५ हजार ५४२ मतदाता रहेका छन् । यहाँ २५ मतदान स्थल तथा ५६ मतदान केन्द्र रहने छन् । मतदाता संख्याका हिसाबले नगरपालिका मध्ये दोस्रो स्थानमा भानु नगरपालिका रहेको छ । भानुमा २० हजार ९५२ महिला तथा १९ हजार ५४४ पुरुष गरी ४० हजार ४९६ मतदाता रहेका छन् । तेस्रो स्थानमा रहेको शुक्ला नपामा २० हजार २५६ महिला तथा १८ हजार ५० पुरुष गरी ३८ हजार ३०६ मतदाता रहेका छन् । यसैगरी भीमाद नपामा कुल २४ हजार ८८४ मतदाता रहेकामा १२ हजार ९८५ महिला तथा ११ हजार ८८९ महिला मतदाता रहेका छन् ।
गाउँ पालिकाहरु मध्ये ऋषिङ गाउँ पालिका मतदाता संख्याका हिसाबले प्रथम स्थानमा रहेको छ । यहाँ ९ हजार २८७ महिला तथा ८ हजार ९५१ पुरुष गरी १८ हजार २३८ मतदाता रहेका छन् । दोस्रो स्थानमा रहेको म्याग्दे गाउँ पालिकामा कुल १८ हजार १०५ मतदाता रहेका छन् । यसमध्ये महिला मतदाताको संख्या ९ हजार ५२६ तथा पुरुषको संख्या ८ हजार ५८९ रहेको छ । बन्दिपुरमा ८ हजार ७४ महिला तथा ७ हजार ५६४ पुरुष गरी १५ हजार ६३ मतदाता रहेको आयोगले जनाएको छ ।
मतदाता संख्याको हिसाबले चौथो स्थानमा रहेको घिरिङ गाउँ पालिकामा ७ हजार ५५९ महिला तथा ७ हजार ११७ पुरुष मतदाता छन् । आँबु खैरेनी गापामा १३ हजार ६३१ कुल मतदाता मध्ये ६ हजार ९८९ महिला तथा ६ हजार ६४२ पुरुष रहेका छन् ।
त्यस्तै देवघाट गाउँ पालिका मतदाता संख्याको हिसाबले सबैभन्दा पुछारमा रहेको छ, यहाँ कुल १२ हजार ८१५ मतदाता रहेका छन् । जसमा ६ हजार ४४० महिला तथा ६ हजार ३७५ पुरुष मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
समाचार
-
दमौली/तनहुँ उद्योग वाणिज्य संघले सञ्चालन गरेको आठौं तनहुँ महोत्सव आज आठौं दिनसम्म भव्य र…
-
दमौली/राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र १७ गते दमौलीमा गर्ने भनिएको विशाल आमसभालाई राजावादीहरुको शक्ति प्रदर्शनको…
-
दमौलीमा चलिरहेको आठौं तनहुँ महोत्सवको आज आठौं दिन नै हो । “तनहुँ महोत्सव हाम्रो…
-
तनहुँको घिरिङ गाउँपालिका–१ अत्रौली मोहनचौरमा सवारीचालक पेसा सँगसँगै बङ्गुर पालनलाई अगाडी बढाई कृषि व्यवसायमा…
-
तनहुँको घिरिङ गाउँपालिका–१ बैडिमा संचालित झण्डै चार करोडको लगानिमा बन्न लागेको भस्मे लिफ्टिङ खानेपानी…
-
-
दमौली/गल्बुबेसी टोल सुधार आमा समूहले निर्माण सम्पन्न गरेको सामुदायिक भवनको व्यास नगर प्रमुख बैकुण्ठ…
-
दमौली/‘योग गरौंः स्वस्थ रहौं’ भन्ने नाराका साथ व्यास–५ चापाघाटमा वृहत योग विज्ञान शिविर सञ्चालन…
-
दमौली/जनताको टिकटबाट चुनाव लड्ने अभियानलाई पाँचौं चरणमा झनै प्रभावकारी रुपमा अगाडि बढाउँदै नेपाली काँग्रेसका…
