दमौली/वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम अन्तिम चरणमा हुँदा नेपाली कांग्रेस पहिलो तथा नेकपा एमाले दोस्रो भएका छन् ।
७५३ स्थानीय तहको निर्वाचन सम्पन्न भएकोमा हिजो साँझसम्म ७५२ पालिकाको अन्तिम नतिजा प्राप्त भएको छ । प्राप्त नतिजा अनुसार नेपाली कांग्रेसले २९३ महानगर, उपमहानगर तथा नगरपालिका मध्ये अन्तिम नतिजा आएका २९२ मध्ये १४१ को प्रमुखमा जित हात पारेको छ जुन ४८.२८ प्रतिशत
हो । ४६० गाउँपालिका मध्ये १८८ पालिकाको प्रमुखमा कांग्रेस उम्मेदबार निर्वाचित भएका छन् । यो ४०.८६ प्रतिशत हो । यसैगरी ११० उपप्रमुख तथा १९० उपाध्यक्षमा कांग्रेसका उम्मेदबार निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार प्रमुख प्रतिपक्षी दल एमालेले ८२ नगर प्रमुख तथा १२३ अध्यक्ष पदमा जित हात पारेको
छ । नगर प्रमुखमा एमालेले जितेको स्थान २८.०८ प्रतिशत हो भने गाउँ पालिकामा जितेको स्थान २६.७३ प्रतिशत हो । नगर उपप्रमुखमा कांग्रेसलाई उछिन्दै एमालेले ११४ उपप्रमुख जितेको छ भने १२६ उपाध्यक्ष एमालेबाट निर्वाचित भएका छन् ।
देशभरका ६ हजार ७४३ वडा मध्ये ६ हजार ७३३ वडाको अन्तिम नतिजा आएको छ । प्राप्त नतिजा अनुसार सबैभन्दा धेरै २ हजार ६६५ वडामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदबार बनेकाहरु निर्वाचित भएका छन् भने एमालेका तर्फबाट उम्मेदबार बनेर वडाध्यक्ष निर्वाचित हुनेको संख्या २ हजार १३० रहेको छ । यसैगरी महिला सदस्यमा पनि कांग्रेस नै अगाडि छ । उसले आफ्नो तर्फबाट उम्मेदबार बनेका २ हजार ६०६ जनालाई विजयी बनाएको छ भने एमालेका २ हजार ३४५ लाई ीवजयी भएका छन् ।
दलित महिला सदस्यमा कांग्रेसका २ हजार ५५१ तथा एमालेका २ हजार २८८ निर्वाचित भएका छन् । दुइ खुल्ला सदस्यमा नेपाली कांग्रेसका ५ हजार ३०७ निर्वाचित हुँदा दोस्रो भएको एमालेका ४ हजार ६८४ निर्वाचित भएको निर्वाचन आयोगल जनाएको छ ।
कुल ६३२ पालिकाको प्रमुखमा उम्मेदबारी दिएको कांग्रेसका प्रमुख पदका उम्मेदबारले पाएको मत ३७ लाख २४ हजार छ भने ७३० उम्मेदबार उठाएको एमालेका प्रमुख तथा अध्यक्षले पाएको मत ३८ लाख ९ हजार रहेको छ । यही मतलाई आधार मानेर एमालेले लोकप्रिय मतमा आफु कांग्रेसभन्दा अगाडि रहेको दावी गर्ने गरेको छ । तर उम्मेदबारको संख्याका आधारमा हिसाब गर्ने हो भने कांग्रेसको प्रत्येक प्रमुख वा अध्यक्ष पदको उम्मेदबारले औसत ५ हजार ८ भन्दा बढी मत पाएको देखिन्छ भने एमालेका उम्मेदबारले औसत ५ हजार २ सय मत पाएको
देखिन्छ ।
सबै प्रदेशमा कांग्रेस अगाडि
देशभरको नतिजामा अगाडि रहेको कांग्रेस प्रदेशगत नतिजामा पनि सबै प्रदेशमा अगाडि छ । कांग्रसले प्रदेश १ मा ६९ स्थानमा जितेको छ भने दोस्रो भएको एमालेले ४७ स्थानमा जित हासिल गरेको छ । यसैगरी मधेश प्रदेशमा पनि ४६ स्थान सहित कांग्रेस पहिलो भएको छ भने ३० स्थान सहित एमाले दोस्रो स्थानमा छ । राजधानी काठमाण्डौं रहेको बागमती प्रदेशमा ५८ स्थानमा कांग्रेसले जित हात पार्दा एमालेले २६ स्थानमा चित्त बुझाउनु परेको छ । गण्डकी प्रदेशमा भने कांग्रेस एमाले झण्डै बराबरी स्थानमा
छन् । कांग्रेसले ३६ एमालले ३५ स्थानमा जितेका छन् ।
उता लुम्बिनी प्रदेशमा कांग्रेसले ४८ पालिका प्रमुख तथा अध्यक्ष जित्दा एमालेले २७, कर्णाली प्रदेशमा कांग्रेसले ३२ तथा एमालेले १५ र सुदुरपश्चिम प्रदेशमा कांग्रेसले ४० स्थान जित्दा एमालेले २५ स्थानमा जित हात पारेको छ ।
समाचार
-
विद्यानिकुञ्ज माध्यमिक विद्यालय भानु–१२ का विद्यार्थी दिवा खाजा खानका लागि लाईनमा उभिँदै । प्रतिविद्यार्थी…
-
दमौली/तनहुँ जिल्ला भलिबल संघको तेस्रो अधिवेशनले असार ७ गते नयाँ नेतृत्व चयन गरेको छ…
-
म्याग्दे/तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाको स्वास्थ्य शाखाले मंगलबार मिन माविका किशोर छात्राहरुलाई एक दिने अभिमुखीकरण…
-
वयापानी/नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले तनहुँ जिल्लाका दुई विद्यालयका अभिभावकहरुलाई कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य…
-
म्याग्दे गाउँपालिका स्वास्थ्य शाखाद्वारा मंगलबार सञ्चालित एक दिने किसोरीलाई महिनावारी सरसफाई तथा पोषण सम्बन्धी…
-
विदेशी सिएले कर छुट बजेट बनाएको आशंका दुई अमेरिकी विमान आएको चर्चाले आतंकित नेपाल
by Tanahu Awajby Tanahu Awajविशेषसम्वाददातादुई ढुंगा बीचको तरुलको भौगोलिक परिवेशमा रहेको नेपालले असंलग्न परराष्ट्र नीतिमा नेपालको सार्वभौम स्वाभिमानी…
-
दमौली/राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले बुधबार १९ बुँदे ज्ञापन पत्र तनहुँका प्रमुख जिल्ला अधिकारी मार्फत…
-
बुधबार दमौलीमा विपद्को समयमा उद्धारमा खट्ने अभ्यास गराउँदै जिल्ला विपद व्यवस्थापन समिति तनहुँ ।…
-
तालघरे/विपतको समयमा रगतको उपलब्धताका लागि रक्तदान सम्बन्धी उत्प्रेरणा तथा रक्तदाता सचेतना कार्यक्रम कार्यक्रम आईतवार…
