दमौली/नेपाल शिक्षक महासंघले कार्तिक २८ गते देखि गर्ने भनेको काठमाण्डौं केन्द्रित सडक आन्दोलन तत्कालका लागि स्थगन गरेको छ ।
नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रलयबाट माननीय शिक्षा मन्त्रीको नेतृत्वमा वार्ता गरी शिक्षक÷कर्मचारीका समस्या समाधान गर्न नौ सदस्यीय वार्ता टोली पठाउन औपचारिक पत्र प्राप्त भएको महासंघले जनाएको छ । वार्ता आरम्भ हुने परिस्थिति निर्माण भएको भन्दै महासंघले एउटा जिम्मेबार पेसागत संस्था हुनुको नाताले २०७८ कार्तिक २८ बाट गरिने काठमाडौं केन्द्रित सडक आन्दोलन स्थगन गरी सरकारसँग वार्तामा सामेल हुने उल्लेख गरेको छ ।
अध्यक्ष कमलादेवी तुलाधर तथा महासचिव लक्ष्मीकिशोर सुवेदीको संयुक्त हस्ताक्षरमा प्रकाशित विज्ञप्तीमा महासंघले राखेका मागका हरेक बुँदामा छलफल गरी निर्णयमा पुग्न समय लाग्ने भएकाले २०७८ मसिर मसान्तसम्म निरन्तर वार्ता तथा संवादमा रहने गरी ने शि महासङ्घले समय तालिका निर्धारण गरेको उल्लेख छ । महासंघ स्थायी, करार÷अस्थायी, राहत, साविक उमावि, बाल विकास लगायतका सबै खाले शिक्षक एवम् विद्यालय कर्मचारीका मूलभूत समस्याहरुको एकमुष्ठ र अग्रगामी सामाधानका लागि प्रतिबद्ध भई वार्तामा अग्रसर भएको विज्ञप्तीमा प्रष्ट पारिएको छ । विज्ञप्तीमा आम नेपाली शिक्षक र कर्मचारीको यो सुझबुझ, जिम्मेवार व्यवहार र धैर्यतालाई अवमूल्यन गर्दै सरकारबाट विगत जस्तै ढिलासुस्ती र टालटुले व्यवहार प्रदर्शित भएमा हामी वाता छोडेर तुरुन्तै आन्दोलनमा जाने समेत जनाइएको छ ।
यदि सरकारले भुलाउने र गलाउने रणनीति लिएमा तुरुन्त महासंघ आन्दोलनका लागि तयार हुने र यसकालागि तम्तयार रहन सकेत सबै शिक्षक तथा कर्मचारीहरुलाई विज्ञप्तीमा आग्रह गरिएको छ ।
शिक्षक महासंघको आन्दोलन स्थगितमंसिर महिनाभर बार्ताको टेबुलमा बस्ने
previous post