दमौली/विनाभागिय मन्त्री डोवाटे वि.क. यति बेला आफ्नो गृहजिल्लामा बधाई ग्रहण गर्नमा व्यस्त छन् । अघिल्लो विस्तारमै नाम छनौट भई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसको व्यक्तिलाई मन्त्री बनाउँन पर्दा नाम काटिएको वि.क. ले सोमबार मात्रै विनाविभागिय मन्त्रीको सपथ ग्रहण गरेका थिए । सपथ ग्रहण पछि गृह जिल्ला आईपुगेका व्यास नगरपालिकाका विभिन्न वडाहरुले स्वागत गर्न क्रम जारी रहेको छ । त्यसैगरी विभिन्न जनबर्गिय संगठन, नेपाली काँग्रेस व्यक्तिगत रुपमा घरघरमा समेत ले मन्त्री वि.क.को स्वागत गरिहेका छन् । यसैबीच वडा नं. २ र ४ ले आफ्नो वडामा आमन्त्रण गरेर वि.क.को स्वागत गरेको समाचार छ । मन्त्री वि.क.ले आफूले मन्त्री भएर नेपाल र नेपालीको भावनामा चोट नपु¥याउने गरी काम गर्ने प्रतिबद्धता सार्वजनिक रुपमा व्यक्त गरेका छन् । अन्तिम समयमा आएर वि.क.को नाम मन्त्रीबाट हटाईपछि गण्डकी प्रदेश सरकारको व्यापक आलोचना भएको थियो ।
बधाई ग्रहण गर्दै विनाविभागिय मन्त्री
previous post