प्रजिअ र प्रउ को स्वागत
दमौली/नेपाल रेडक्रस सोसाईटी तनहूँ शाखाले एक समारोहका बीच मंगलबार दमौली अस्पताललाई कोभिड–१९ सुरक्षा सामाग्री हस्तान्तन्तरण गरेको छ ।
सरुवा भै आई भरखरै तनहुँ जिल्लाको कार्यभार सम्हाल्नु भएका जिल्ला कोरोना नियन्त्रण समन्वय समिति ९म्ऋःऋ० संयोजक एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल तथा प्रहरी उपरिक्षक दिनेश मैनालीको सोही कार्यक्रमका अवसरमा शाखाले स्वागत समेत गरेको थियो ।
नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य एवं स्वास्थ्य समितिका सहसंयोजक प्रदीप राज घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि घिमिरेले दमौली अस्पतालका डा. सिंचन पाण्डलाई कोभिड–१९ प्रतिरोध सम्बन्धी स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालय मार्फत कोकोकोला फाउण्डेशनको आर्थिक सहयोगमा ती स्वास्थ्य सामाग्री नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखालाई प्राप्त भएको
थियो ।कोकोकोला फाउण्डेशन तथा नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयका फोकलप्रसनको समेतको रोहबारमा ती सामाग्री दमौली अस्पताललाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरण गरिएका समाग्रहीमा दश हजार थान मास्क, पाँच सय ७६ थान सेनिटाईजर, तीन हजार थान पञ्जा, हेडसिल समेतका सामग्री हस्तान्तरण गरिएको
थियो । कोकोकोला फाउण्डेशनको सहयोगमा देशभरका दश जिल्लामा सञ्चालित स्टप द स्प्रिट कार्यक्रम अन्तरगत सो स्वास्थ्य सामाग्री उपलब्ध गराईएको थियो ।