25.8 C
Damauli
September 22, 2026
Tanahun Awaj
समाचार

पोलियो उन्मूलन गर्न खोप अभियान

दमौली/नेपाल सरकारको सन् २०२६ सम्ममा देशबाट पोलियो रोग उन्मूलन गर्ने घोषित कार्यक्रम पूरा गर्न बालबालिकालाई पोलियो विरुद्धको आइपिभी खोप लागाइने भएकोछ । मङ्गलबार खोप समन्वय समितिका पदाधिकारी तथा सरोकारवाला निकायसँग पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रम सम्बन्धी अन्तरक्रियाका क्रममा खोप अभियानका बारेमा जानकारी गराइएको थियो ।
अभियान अन्तर्गत तनहुँका १४ हजार चार सय ६५ बालबालिकाले उक्त खोप लगाउने छ । दुइ चरणमा गरी सम्पन्न गरिने खोप अभियान जेठ १४ देखि २० सम्म सञ्चालन हुने र सो अवधिमा व्यास नगरपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र म्याग्दे गाउँपालिकाका ३८ वटा वडाका बालबालिकालाई खोप लगाइनेछ । यसैगरी जेठ २२ देखि २८ सम्म सञ्चालन हुने दोस्रो चरणमा भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाका ४७ वटा वडाका बालबालिकालाई खोप लगाइनेछ । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख डा.विद्या तामाङका अनुसार लक्षित कुनै पनि बालबालिका खोप लगाउनबाट बञ्चित नहोउन भन्नका लागि जिल्लाका ८५ वटै वडा दुइ सय ९० निर्धारण गरी चार सय ६५ जनशक्ति परिचालन गरिएको छ । जिल्लास्थित पालिका, अस्पताल, स्वास्थ्यचौकीसँग सहकार्य गरी खोप अभियानलाई प्रभावकारी बनाउन लागिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । नेपालमा अभियान अन्तर्गत १४ लाख ६२ हजार सात सय १२ जना पाँच वर्ष मुनिका बालबालिकाले पोलियो विरुद्धको उक्त खोप लगाउने छन् ।

Related posts

सहकारीको शुभकामना आदान प्रदान

admin

चण्डीदेवीमा स्वागत तथा विदाइ

admin

४९औं एकता दिवस

Deepak Joshi