दमौली/कोरोना संक्रमितको संख्या केहि हदसम्म कम भएको भन्दै देशका विभिन्न क्षेत्रमा निषेधाज्ञा खुकुलो पारिएको छ ।
यस्तै तनहुँमा बुधबार ९३ जनाको पि सि आर जाँच गर्दा ३८ जनामा कोरोना संक्रमण देखिएको छ भने मृतकको संख्या शुन्य रहेको स्वास्थ निर्देशनालय पोखराले जनाएको छ । संक्रमित हुनेमा २० महिला र १८ पुरुष रहेका छन् । यो संगै अहिले सम्म तनहुँमा ५०१२ जनामा कोरोना संक्रमण, ४६४२ पुर्ण रुपमा निको, २५९ सक्रिय संक्रमित र १११ को मृत्यू भएको छ ।
यसैगरी बुधबार देशभर २८३८ नयाँ संक्रमित थपिएका छन् भने ३० को मृत्यु भएको छ ।
कोरोनाको स्थिति
previous post