दमौली/अर्थमन्त्री स्वर्णीम वाग्लले नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गरेका छन् ।
स्थितिपत्रको भूमिकामा अर्थमन्त्री वाग्लेले विगतमा केही नभएको भन्दै नाम नलिएरै पुराना राजनैतिक दल र तिनका नेताहरुको कटु आलोचना गरेका छन् । वैशाख १, २०८३ को मिति राखेर ढिलोगरी सार्वजनिक गरिएको स्थितिपत्रको भूमिकामा अर्थमन्त्री वाग्लले स्रोत, सम्भावना र सदिक्षामा समृद्ध भएर पनि सोच, संकल्प र शासकीय सदाचारको संकटले गर्दा नेपाल समुन्नत हुन नसकेको उल्लेख गरेका छन् ।
आर्थिक वर्ष २०७२÷ ०७३ देखि २०८१÷८२ सम्मको उत्पादनशील क्षेत्र, सार्वजनिक वित्त लगाएतको विवरण प्रस्तुत गरिएको स्थितिपत्रको भूमिकामा अर्थमन्त्री वाग्लेले नेपालको आर्थिक, सामाजिक विकासमा यो दशक झण्डै खेर गएको भन्ने अथ्र्याउन जोडबल गरेका छन् । उनले दुइ पृष्ठलामो भूमिकामा गएको एक दशकमा नीतिगत भ्रष्टाचार, लेनदेन र आसेपासे पुँजीवाद फस्टाएको, उद्यमशीलता, प्रतिस्पर्धा र नवप्रवर्तनमार्फत आर्थिक वृद्धि हुनुको सट्टा लाइसेन्स, ठेक्का र नियमनमार्फत हुने असुलीधन्दा राज्य–बजार सम्बन्धको विशेषता बन्न पुगेको बताएका छन् । यो अवधिमा बजार गतिशिल बन्न नसकेको, राज्य संरचना उत्तरदायी नभएको, उत्पादन, लगानी र उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राख्न नसकिएको मन्त्री वाग्लले भूमिकमा जिकिर गरेका छन् । समाजिक सुरक्षा कार्यक्रममा अर्थमन्त्रीको असहमती स्थितिपत्र मार्फत प्रकट भएको छ । उनले सामाजिक सुरक्षा कार्यक्रमलाई दीर्घकालीन वित्तिय दायित्वको यथार्थ मूल्याङ्कनविना विस्तार गरिएको उल्लेख गर्दै यसले उत्पादन क्षमता विस्तार नगरेको तथा असमानता घटाउन कुनै सघाउ नपुगेको उल्लेख गरेका छन् ।
भूमिका लेख्दैगर्दा नेपालको मूख्य चुनौति स्रोतको अभाव, अवधारणागत अस्पष्टता, संस्थागत कमजोरी र फितलो कार्यान्यन समेत भएको उल्लेख गरेका अर्थमन्त्री वाग्लले वितेको एक दशकको कतिपय समय आर्थिक नीति निर्माण र कार्यान्वयन तहको नेतृत्वमा आफु भएको भुलेको प्रतित हुन्छ ।
भूमिकामा विगतको दशकमा केही नभएको जसरी प्रस्तुत भएका अर्थमन्त्री वाग्लेले स्थितिपत्रको बाँकी २८ पेजमा भने धेरै काम भएको विवरण प्रस्तुत गरेका छन् । उनले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने चरणमा रहेको बताएका छन् । पृष्ठ ३, बुँदा नं १२ मा वाग्लले पछिल्लो दशकमा विद्युत उत्पादनमा उल्लेख्य उपलब्धि हासिल भएको भनेका छन् । उनी लेख्छन्, विद्युत उत्पादन प्रारम्भ भएको एक शताब्दीको अवधिमा (२०६८सम्म) जम्मा ६९७.८५ मेघावाट विद्युत जडित क्षमता रहेकोमा तत्पाश्चातको छोटो अवधिमा झण्डै ६ गुणाले बढेर ४,१०५ मेघावाट पुगेको छ । स्थितिपत्रमा सार्वजनिक ऋण माथिको निर्भरता बढ्दै गएर दीर्घकालमा वित्तीय स्थायित्वमा जोखिम सिर्जना गरेको तथा ऋण तिर्नकै लागि समेत ऋण लिनुपर्ने जोखिम बढेको बताएका अर्थमन्त्री वाग्लले आफु सरकारमा सहभागी भएको एक महिनामा अर्वाै ऋण लिएको तथ्यमा आमनागरिकलाई भ्रमित पारेर लुकाउन खोजको प्रतित हुन्छ ।
स्थितिपत्रको पृष्ठ १० मा पछिल्ला वर्षहरुमा मूल्य स्थायीत्व कायम भएको वाग्लेले बताएका छन् । विमाको दायरा फराकिलो हुँदै गएर विमाको पहुँच ४९.९२ प्रतिशत पुगेको, विदेशी विनिमय सञ्चिति सुविधाजनक स्तरमा रहेको, स्वास्थ्य सूचकहरुमा सुधार भएको, सरकारी अस्पातालको संख्या वितेको एक दशकमा ११६ बाट बढेर ३४५ पुगेको तथा सरकारी अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीको संख्यामा उल्लेख्य वृद्धिभई स्वास्थ्य क्षेत्रमा पूर्वाधार र जनशक्ति संख्यात्मक रुपमा बढेको, लैङ्गिक समानतामा प्रगति भएको तथा समाजिक सुरक्षाको पहुँच विस्तार भएको जस्ता थुप्रै सकारात्मक काम वितेको दशकमा भएको मन्त्री वाग्लले विवरण प्रस्तुत गरेका छन् ।
स्थितिपत्र पढीसक्दा वितेको एक दशकको मूल्याङ्कनमा अर्थमन्त्री वाग्ले द्विविधामा रहेको प्रष्ट हुन्छ । भूमिकामा केही नभएको कुरा स्थापित गराउन शब्द खर्च गरेका वाग्लेले विवरण प्रस्ततु गर्ने बेला भने थुप्रै सन्दर्भमा त्यही दशकमा उल्लेख्य प्रगति भएको तथ्य प्रस्तुत गरेका छन् ।
अर्थमन्त्रीको आर्थिक स्थितिपत्र-भूमिकामा विगतलाई गाली, भित्री विवरणमा ताली
previous post
