दमौली/बीपी विचार समाज तनहुँले एक कार्यक्रमको आयोजना गरी ३७ औं बीपी स्मृति दिवस मनाएको छ । दमौलीमा आयोजित कार्यक्रममा बीपीका विचार र वर्तमान नेपाली कांग्रेस विषयमा अन्तरकृया गरिएको थियो ।
समाजका अध्यक्ष डिल्लीराम अधिकारीको अध्यक्षतामा गरिएको कार्यक्रममा समाज तथा नेपाली कांग्रेसमा आवद्ध नेताहरुले बीपीको दार्शनिक र साहित्यीक पक्षमा चर्चा गरेका थिए । बीपी विचार राष्ट्रिय समाज गण्डकी प्रदेशका सचिव एवं कांग्रेस नेता परशुराम गिरीले गणतन्त्र संघियता र धर्म निरिपेक्षता बीपीको विचार तथा नेपाली कांगे्रसको आर्दश र सिद्धान्त विचलन भएकोले कांगे्रसले यहिले यस्तो अवस्था बेहोर्नु परेको बताए । कार्यक्रममा नेपाली कांग्रेस तनहँुका सचिव परमेश्वर भटराई, नेपाली काँग्रेस तनहँुका कोषाध्यक्ष बालकृष्ण पौडेल, बीपी विचार समाज क्षेत्र न. २ का अध्यक्ष इन्द्रप्रसाद पौडेल, क्षेत्र नं १ का अध्यक्ष रामदेव पन्थ, सल्लाहाकार एवं प्रतिष्ठित व्यवसायी ज्योतीकुमार श्रेष्ठ, टे«ड युनियन काँगे्रस तनहँुका उपाध्यक्ष विष्णुकुमार श्रेष्ठलगायतका काँगे्रस कार्यकर्ताहरुले मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाली कांगे्रस तनहँुका उपसभापति शुकुमलाल गुरुङले स्वागत मन्तव्य राखेको समाजका सचिव हरिशरण पण्डितले जानकारी दिए । .