दमौलीनेपाल प्रेस युनियन तनहुँ शाखाको नवौँ जिल्ला अधिवेशन आगामी भदौ ९ गते मंगलबार दमौलीमा हुने निर्णय युनियनको पछिल्लो आईतवारको बैठकले गरेको छ । प्रेस युनियन तनहुँमा हाल ३९ जना पुराना र ७ जना नयाँ गरी ४६ जना पत्रकार आबद्ध रहेका छन् ।
युनियन तनहुँका उपाध्यक्ष पूर्ण विकेको अध्यक्षतामा बसेको बैठकले ‘स्व. गोरा मियाँ प्रेस युनियन पत्रकारिता पुरस्कार–२०८३’ छनोटका लागि प्रेस युनियन तनहुँका पूर्वअध्यक्ष ओमकार आचार्यको संयोजकत्वमा वर्तमान अध्यक्ष अमरराज नहर्की र प्रेस युनियन गण्डकी प्रदेश सचिव अञ्जना तिमिल्सिना सदस्य रहेको तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गर्ने निर्णय गरेको छ । यसैगरी अधिवेशनलाई व्यवस्थित र विधिसम्मत रूपमा सम्पन्न गर्न युनियनका पूर्वअध्यक्ष ऋषिराम पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय अधिवेशन प्रवन्ध समिति गठन गर्ने समेत निर्णय गरेको छ । साथै, स्वर्गीय मियाँको योगदानको स्मरण गर्दै तनहुँमा आबद्ध एक जना क्रियाशील पत्रकारलाई यसै वर्षदेखि ‘स्व. गोरा मियाँ प्रेस युनियन पत्रकारिता पुरस्कार–२०८३’ प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकको अन्त्यमा शाखाका अध्यक्ष स्वर्गीय गोरा मियाँको स्मरणमा मौनधारण गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ ।
बैठकले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको पक्षमा सरकार उदार बन्न नसकेको भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि सरकार गम्भीर र जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ । कार्यक्रममा प्रेस युनियन तनहुँका सचिव उपेन्द्र खनालले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा शाखा सहसचिव शीला बाग्ले, निवर्तमान अध्यक्ष अमरराज नहर्की, पूर्वअध्यक्ष ओमकार आचार्य, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारी लगायतले साना तथा निजी सञ्चारमाध्यमलाई समेत वर्तमान सरकारले कुण्ठित गर्ने काम गरेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्नुपर्ने धारणा राख्नुभएको थियो ।
नवौं अधिवेशनको संघारमा प्रेश युनियन तनहुँ
previous post
