26.7 C
Damauli
October 27, 2026
Tanahun Awaj
Uncategorized

कोभिड–१९ को स्थिति

दमौली/कोरोना भाईरसको संक्रमणबाट बच्न र बचाउन नेपालले बन्दाबन्दी घोषणा गरेको एक सय दिन नघिसकेको । संक्रमणको प्रभाव पछिल्ला दिनमा झन बढ्दो रहेको छ ।
तनहुँमा एक हजार ९ सय ५६ जनाको कोभिड–१९ नमूना संकलन गरिएको छ । एक हजार तीन सय ५८ जनामा नेगेटिभ देखिएको छ । १२४ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
संकलित नमूनामा चार सय ७५ जनाको परिक्षण प्रतिवेदन आउन बाँकी रहेको कार्यालयले जनाएको छ । देशभरमा संक्रमित संख्या चौध हजार ४६ पुगेको छ । बुधबारसम्ममा नेपालका कोभिड–१९ संक्रमित ३० जनाको मृत्यू भएको छ भने निको हुनेको संख्या चार हजार ६ सय ५६ पुगेको छ ।

Related posts

बालिका दिवसमा प्रतिभा प्रदर्शन

admin

ख्रीष्टमसको उपहार

admin

कोरोनाबाट आफु बचौं, अरुलाई पनि बचाऔं

admin