22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

सलहको सन्त्रास बीच धान दिवस तथा रोपाइ महोत्सव-सम्पादकीय

असार मैना खेतमा जाउँला, रोपौला त्यसमा धान
उब्जनी गर्छु आफुलाई आफै, बढाउँछु स्वाभिमान
नमानौं घिन कसैलेपनि, हिलोमा जानलाई
माटोमा खेले, पानीमा खेले ,उब्जन्छ खानलाई

सोमबार नेपालमा बडो आकर्षक नाराका साथ १७ औं धान दिवस मनाइयो । सुनिरहुँ लाग्ने त्यो नारा थियो “धान उत्पादनमा वृद्धि, आत्म निर्भरता र समृद्धि” । धान लगाउने बेलामा जनबल, मल र जल नपाएर किसान छट्पटाउनु पर्ने देशमा यस्तो नाराले उनीहरुमा कति उत्साह थप्छ र उत्पादनमा कति वृद्धि हुन्छ, त्यो त हेर्न बाँकी नै छ । तर यस पटक समयमै वर्षा भएका कारण धान उत्पादनमा केही उत्साहजनक परिणाम आउने आशा गर्न सकिन्छ । यद्यपि धान रोप्ने बेलामा नेपाल प्रवेश गरेको सलहका कारण रोपी सकेको धानमा तथा बीउमा कति क्षति भयो र त्यसले समग्र धान उत्पादनमा कस्तो असर पार्छ भन्ने कुराको लेखाजोेखा हुन बाँकी नै छ । सलहको कारण धान उत्पादनमा नकारात्मक प्रभाव पर्ने र भोकमरीको शिकार बन्नु पर्ने त्रास आम किसानमा व्याप्त छ ।
नेपाललाई कृषि प्रधान देश भन्ने अनि त्यसको विकासमा विभिन्न देश तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट अनुदान र ऋण ल्याउने क्रम जारी छ । तर त्यसको प्रयोग मार्फत किसानको भाकारीमा अन्न नथपिएको बरु टाठाबाठाहरुको बैंकको लकर भरिएको र घर, घडेरी थपिएको छ । अझ विडम्बना त के छ भने धान दिवस मनाउने नाममा लाखौ कुम्ल्याउन पल्केकाहरु निर्लज्जता पूर्वक गमलामा धान रोपेर वा सुटेड बुटेड भएर खेतको छेउमा पुगेर धानको बीउको माला लगाएका तस्विर सामाजिक सञ्जालमा देखिने गरेका छन् । यो धान दिवसका नाराको खिल्ली बाहेक केही होइन ।
नेपालमा कृषिको विकासका नाममा जुन बजेट खर्च हुने गरेको छ, त्यसको सदुपयोग भएको भए अहिले हामी अर्बाैंको खाद्यान्न आयात गर्ने अवस्थामा हुने थिएनौं । तर विडम्बना केही वर्ष अगाडिसम्म निर्यात गर्न र खाद्य संकटमा रहेका मुलुकलाई सहयोग गर्न सक्षम हामी अहिले आफै संकटबाट गुज्रिरहेका छौं । समयमा मल, बीउ उपलब्ध गराउने, आवश्यक परेका बेला प्राविधिकको सल्लाह सहज उपलब्ध हुने अवस्था निर्माण गर्न सक्ने हो भने अवश्य कृषि उत्पादनमा बढोत्तरी हुनेछ । हामी आयातकर्ता बाट निर्यातकर्तामा रुपान्तरित हुने छौ ।

Related posts

प्रथम राष्ट्रपति रामवरण यादवबाट उद्घाटन

admin

पहिलो मिस भिमाद बनिन्, सन्दिपा

admin

कोरोना भाइरसको कहर

admin