22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

अल्ट्रा म्याराथनको उपाधी महतरालाई

	दमौली/“पर्यटकीय ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नगरपालिकाको अभियान” भन्ने नाराका साथ आयोजना गरिएको चौथो व्यास नगर अल्ट्रा म्याराथनको उपाधी कालिकोटका धावक देवराज महतराले हात पारेका छन् । 
	नेपाली सेनामा कार्यरत जर्सी नं ९८ का महताराले निर्धारित ४४ किमि दूरी ३ घण्टा ३ मिनेट ५१ सेकेण्डमा पार गरेका थिए । महतरालाई गतवर्षको प्रतियोगितामा प्रथम हुनेले दूरी तय गर्ने लगाएको भन्दा झण्डै ४ मिनेट बढी समय लागेको थियो । यसैगरी उक्त दूरी ३ घण्टा ८ मिनेट १ सेकेण्डमा पार गरेर सोलुखुम्बुका धावक सुमन कुलुङ दोस्रो भए भने रामेछापका बेदबहादुर सुनुवार ३ घण्टा १० मिनेट ५ सेकेण्डमा उक्त दूरी पार गरेर तेस्रो भए । 
	प्रतियोगितमा प्रथम हुने महतराले नगद रु.८५,०७७ तथा द्वितीय हुने कुलुङले रु.६५,०७७ र तृतीय हुने सुनुवारले रु.५५,०७७ पुरस्कार प्राप्त गरे । यसैगरी सान्त्वना स्थान प्राप्त गर्ने पाँच धावकले जनही नगद रु १६,०७७ प्राप्त गरे । नगद पुरस्कारका साथमा विजेता धावकहरुले ट्रफी तथा प्रमाणपत्र समेत प्राप्त गरेका थिए । विजेत ा धावकहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै नेपाली कांग्रेसका नेता डा. रामशरण महतले लोकतन्त्रको लडाईँमा शहादत प्राप्त गर्ने शहीदहरु प्रति सम्मान प्रकट गर्दै वर्तमान सरकारले लोकतन्त्रका आधारभूत मान्यतालाई अवमूल्यन गर्दै व्यवस्था प्रति नै आशंका र वितृष्णा पैदा गर्ने काम गरको बताए । व्यास नगर पालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षताका अयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, प्रदेश सभा सदस्य दोबाटे बिक, संविधान सभा सदस्य रामचन्द पोखरेल, नेपाली कांग्रेस तनहुँका सचिव विश्व बास्तोला व्यास नगर उपप्रमुख मिरा जोशी लगाएतले नेपाली प्रजातान्त्रिक आन्दोलनमा पुलिमराङको देनको चर्चा गर्दै यस क्षेत्रको विकासमा  ध्यान दिन सम्बन्धित सबैसंग आग्रह गरेका थिए । शहीद दिवसको दिन अर्थात माघ १६ मा आयोजित प्रतियोगितामा १६१ धावक सहभागी भएका थिए भने प्रतियोगिता व्यास–५ मानुङबाट प्रारम्भ भई व्यास–८ पुलिमराङमा गएर समापन भएको
 थियो । 

lyof] .

Related posts

उमंगको पर्व दशैं

admin

निबृत्त शिक्षक समाज गठन

admin

ज्ञानबिनाको दिशाविहीन डिग्री

admin