32.2 C
Damauli
September 18, 2026
Tanahun Awaj
Uncategorized

दलित वस्तीमा डस्टविन वितरण

राम्जाकोट ऋषिङ्ग गाउँपालिका वडा नम्बर ५ राम्जाकोट स्थित लोचे डाडाको दलित बस्तीमा डस्टविन वितरण गरिएको छ ।

सिर्जनशिल आमा समुहले आयोजना गरेको एक समारोहका बिच ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले डास्ट्विन वितरण गरेका हुन् । डस्टविन वितरण पछि बोल्दै अध्यक्ष श्रेष्ठले ऋषिङ्गको विकासलाई अब कसैले रोक्न नसक्ने बताए । उनले आफुहरु दलित, विपन्न, अल्पसंख्यक र पिछडिएका वस्तीका जनताहरुको आत्माबल बढाउदै समावेशी विकासमा लागी परेको बताए । सिर्जनशिल आमा समुहले गरेका कार्यको प्रशंसा गर्दै अध्यक्ष श्रेष्ठले आगामी दिनमा पुनः सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा ऋषिङ्ग गाउँपालिकाका उपाध्यक्ष गिनु माया थापा , ऋषिङ्ग वडा नम्बर ५ का अध्यक्ष पदम बहादुर थापा , महिला सदस्य श्री माया नेपाली , गाउँपालिका प्रवक्ता विजय दरै , समाजसेवि नोक बहादुर विक लगाएतले मन्तब्य राखेका थिए । सिर्जनशिल आमा समुहका अध्यक्ष कमला नेपालीको अध्यक्षतामा उक्त कार्यक्रम आयोजना गरिएकोे थियो ।

Related posts

तनहुँ कांग्रेसलाई खुल्ला पत्र !

admin

कांग्रेस र कछुवाको नियती

admin

लोकतन्त्र र समृद्धिको अभियानमा रेडियोको योगदान अविष्मरणीय

admin