20.6 C
Damauli
October 29, 2026
Tanahun Awaj
Uncategorized

लोक कथा वाचन तथा श्रवण कार्यक्रम

थर्पु/म्याग्दे साहित्य समाज तनहुँको आयोजनामा शनिबार नेपालमै पहिलो पटक लोककथा वाचन तथा श्रवण कार्यक्रम सम्पन्न भएको छ ।

म्याग्दे गाउँ पालिका ४ स्थित मिन माध्यमिक विद्यालयको सभाकक्षमा आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथी एवं गाउँ पालिका अध्यक्ष मायाँदेवी रानाले समाजले राम्रो सुरुवात गरेको भन्दै समाजले गर्ने साहित्यिक क्रियाकलापमा गाउँ पालिकाको सहयोग रहने बताइन् । पृथ्वी नारायण क्याम्पस पोखराका प्राध्यापक डा. कुश्माखर न्यौपानेले सहजिकरण गरेको कार्यक्रममा १५ स्थानीय साहित्यकारहरुले लोककथा वाचन गरेका थिए । समाजका अध्यक्ष चन्द्रमणी अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा कथा वाचन गर्ने व्यक्तित्वहरुले श्रुतिपरम्पराका कारण जिवित रहेका लोक कथालाई पुर्खाको निधीको रुपमा आगामि पुस्तालाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताएका थिए ।

कार्यक्रममा संस्कृतिविद् ताराबहादुर गुरुङलाई प्रसंशा पत्र प्रदान गरिएको थियो भने अमृत गन्दर्वले सारङ्गीको धुनसंगै म्याग्दे साहित्य समाजका क्रियाकलाप बारेमा चर्चा गर्दा सबै श्रोता मन्त्रमुग्ध भएर सुनिरहेका देखिन्थे । समाजका अध्यक्ष अधिकारीका अनुसार आगामी पुष ११ मा समाजको आयोजनामा छन्द कविता लेखन प्रशिक्षण सञ्चालन हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. देवी नेपालले सहजिकरण गर्ने उक्त प्रशिक्षणमा इच्छुक साहित्यानुरागीलाई सहभागिताको लागि समेत समाजले आग्रह गरेको छ । यसैगरी निकट भविष्यमा समाजले बाल कविता तथा कथा रचना सम्बन्धी प्रशिक्षण र प्रतियोगिता समेत सञ्चालन गर्ने भएको छ । नेपाल बाल साहित्य समाजका अध्यक्ष डा. शैलेन्द्रुप्रकाश नेपालको सहजिकरणमा सञ्चालन हुने प्रशिक्षण पछि आयोजना गरिने प्रतियोगिताका उत्कृष्ठ रचनालाई प्रकाशन गर्ने व्यवस्था समेत समाजले गर्ने अध्यक्ष अधिकारीले बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानले सातै प्रदेशबाट लोक कथा संकलन र प्रकाशन अभियान चलाइरहँदा म्याग्देमा लोककथा वाचन कार्यक्रम हुनु साकारात्मक रहेका साहित्यानुरागीहरुको धारणा रहेको छ ।

Related posts

देशै भरबाट जुरुक्क उठ्यो कांग्रेस

admin

कोरोना: संक्रमण बढ्दै, सावधानी घट्दै

admin

कोरोना सृजित अवसर

admin