22.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

भानुमा तीनदिने आँखा सिविर

बाबुराम खनाल
कवाचित भानु नपा १२ कवाचितमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौ र गाउँ सेवा कोष तनहुँको संयुक्र आयोजनामा तिनदिने आँखा सिविर सम्पन्न भएको छ ।

मंसिर १८ देखि २० सम्म सञ्चालित सिविरमा तीन सय ११ जनाको आँखा परिक्षण गरिएको थियो । डा. पुजा कार्कीको नेतृत्वमा आएको सात जनाको डाक्टर तथा प्राविधिकको टोलीले सिविरका अवसरमा ५१ जनाको मोती विन्दुको अपरेसन गर्नुका साथै ७५ जनालाई प्राथमिक उपचार प्रशिक्षणका अतिरिक्त भुकम्प लगाएतका प्राकृतिक विपत्तिका बेला अपनाउनु पर्ने सावधानी र उद्धारका सम्वन्धमा प्रशिक्षण प्रदान गरेको थियो ।

भानुका स्थानीय विशेषज्ञ सेवा गाउँमै पाएर प्रसन्न र सन्तुष्ट थिए । खासगरी मोतीविन्दुका कारण पिडित बन्न पुगेका र उपचार नपाएकाले यो शिविरबाट राम्रो लाभ प्राप्त गरेका स्थानीयको भनाइ रहेको छ । गाउँ सेवा कोषका संस्थापक ९० वर्षिय भीमबहादुर अधिकारी आफै शिविरमा सक्रियता पूर्वक सेवाग्राहीको सेवामा लागेको दृश्य पनि त्यहाँ देख्न सकिन्थ्यो ।

भानु १२ का वडाध्यक्ष निलम गुरुङले गाउँमा आँखा शिविर ल्याएर नागरिकलाई सेवा प्रदान गरेकोमा आँखा अस्पताल र गाउँ सेवा कोष प्रति कृतज्ञता प्रकत गरे । उक्त शिविरको उद्घाटन् भानु नगरपालिकाका प्रमुख एवं नेपाल रेडक्रस सोसाइटी तनहुँका पूर्व सभापति उदयराज गौलीले गरेका थिए ।

Related posts

नीजि निर्माणकार्र्यमा रोक

admin

नयाँ वर्ष २०७६ को शुभकामना

admin

महिला हिंसा र न्यूनीकरणका उपाय

admin