22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

व्यास नपाको स्पष्टोक्ती

दमौली/व्यास नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै नगरपालिकाद्वारा वडा नं ३ स्थीत खुल्ला मैदानमा निर्मित रोटे पिङ तथा लिगे पिङको निर्माण लागत सम्वन्धमा पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचारले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तीमा वडा दशै तथा दिपावलीको अवसरमा नगरपालिकाले निर्माण गरेको उक्त पिङको निर्माण लागत ६ लाख भनि आएको समाचार गलत भएको जनाइएको छ ।

नगरपालिकाको आधिकारिक सूचना विनै निर्माण लागतका सम्वन्धमा आएको समाचारमा आप्mनो ध्यानाकर्षण भएको भन्दै विज्ञप्तीमा पिङको निर्माण लागत एक लाख रुपैयाँ मात्र भएको उल्लेख गरिएको छ । नगरवासीहरुलाई मनोरञ्जन दिने उद्देश्य र हाम्रो परम्परा, रीति रिवाजलाई निरन्तरता कायम राख्नका लागि परम्परागत रुपमा खेलिने ति पिङ नगरपालिका बोर्डको निर्णय अनूसार व्यास नगरपालिका वडा नं.घ को खूल्ला मैदानमा निर्माण गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Related posts

व्यास नपाको ३२ औं नगर सभा सम्पन्न

admin

गाउँवस्तीको चटारो

admin

पोलेङमा राजयोग शिविर

admin