30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

सत्यवतीमा चाडपर्वको शुभकामना

दमौली/वडा दशै, शुभदिपावली तथा छठ पर्वको अवसरमा विद्यालयले शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको छ । विव्यस अध्यक्ष सूर्य अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विव्यस तथा शिअसंघ पदाधिकारी, शिक्षक कर्मचारी, सल्लाहकार समिति, पूर्व प्रअ तथा पूर्व विव्यस पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

उक्त अवसरमा विद्यालयका विव्यस अध्यक्ष सूर्य अधिकारी, व्यास २का वडा अध्यक्ष काशीराम श्रेष्ठ, प्रधानाध्यापक इन्द्रप्रसाद पौडेल, विव्यस सदस्यहरु सन्तमान श्रेष्ठ, सुभद्रा तिवारी जोशी, विनु श्रेष्ठ, सुरेश वाग्ले शिअसंघ अध्यक्ष रामचन्द्र सापकोटा, पूर्व विव्यस अध्यक्षहरु रामचन्द्र न्यौपाने, रामनाथ भट्टराई, सल्लाहकार वावुराम वगाले, पूर्व शिअसंघ अध्यक्ष सू.जितबहादुर श्रेष्ठ, शिक्षकहरु रुक्मणि पौडेल, जानकी आचार्य लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

Related posts

सरकार नढल्ला भन्न सकिँदैन

admin

हिमाल, नेपाल र शेर्पा

admin

सम्बन्ध विच्छेद र फरार प्रतिवादी

admin