25 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

ऋषिङ्गमा हेडटिचर एशोसिएशन

ऋषिङ्ग/हेडटिचरहरुको पेशागत हकहितको संरक्षणका लागि ऋषिङ्ग गाउँपालिका भित्रका विद्यालयहरुमा कार्यरत प्रअहरुको एक भेलाले हेडटिचर एशोसिएशन गठन गरेको छ ।

भेलाले शिवसरस्वती माविका प्रधानाध्यापकलाई अध्यक्षमा चयन गरेको छ । त्यसैगरी उपाध्क्षमा सहिद गंगा माविका प्रअ डिल्लिराज लामिक्षनेलाई मनोनयन गरेको छ । भेलाले चन्द्र ज्योति आधारभुत विद्यालयका प्रअ राजेन्द्र गिरीलाई सचिवमा मनोनयन गरेको छ । त्यसैगरी सरस्वती आधारभुत विद्यालयका प्रअ चित्र बहादुर थापालाई कोषाध्क्षमा, सह–सचिवमा भिरकोट आधारभुत विद्यालयका प्रअ बाबुराम विश्वकर्मालाई चयन गरेको एशोसिएशनका सचिव राजेन्द्र गिरीले बताउनुभयो । गिरीका अनुसार सदस्यहरुमा श्रृङ्ग माविका प्रअ टंक बहादुर थापा, राष्ट्रिय आधारभुत विद्यालयका प्रअ माधव गिरी, कालिका प्राविका प्रअ जयराज गिरी, पद्मज्योती आधारभुत विद्यालयका प्रअ नारायण रानाभाट समेत गरी नौं सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

Related posts

भोली शहीद दिवस

admin

कठोर छ हाम्रो अनुसन्धान पद्धति

admin

खै सेनेटरी प्याड?

admin