26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

तनहुँमा मुटु दिवस

विश्व मुटु दिवसको अवसर पारेर नेपाल हृदयरोग निवारण प्रतिष्ठान तनहुँले जेष्ठ नागरिक आश्रमका वृद्धवृद्धा लगाएतको मुटु परिक्षण कार्य सम्पन्न गरेको छ ।
आइतबार दिवसको अवसर पारेर प्रतिष्ठानले व्यास ५ पराशर आश्रममा रहेका जेष्ठ नागरिकका अन्य गरी ७३ जनाको मुटुको इसीजी गर्नुका साथै रक्त चाप परिक्षण गरेको हो ।
प्रतिष्ठानका सभापति कृष्णचन्द्र पाण्डको अनुसार व्यास नगर स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी सोतीले वृद्धवृद्धाको मुटु परिक्षण गर्नु पुण्यको काम भएको बताउँदै उक्त पुण्यकार्यका लािग प्रतिष्ठानलाई धन्यवाद दिए । कार्यक्रममा प्रतिष्ठानका उपसभापति चुडामणी दाहालले स्वागत गर्दै प्रतिष्ठानले मुटुरोग सम्बन्धमा सचेतना कार्यक्रम गर्नुका साथै समय समयमा मुटुको स्वास्थ्य सम्बन्धि सिविर समेत सञ्चालन गर्ने गरेको बताए । शुभकामना परोपकार महासंघका जेष्ठ नागरिक तारानाथ घिमिरेले निःशुल्क मुटु परिक्षण गर्ने अवसर पाएकोमा खुसी व्यक्ति गर्दै आफुहरुको स्वास्थ्यका बारेमा ख्याल गर्ने संस्था पाउँदा अभिभावक पाएको अनुभव भएको बताए ।
नेशनल एपोलो अस्पताल दमौलीका स्वास्थ्यकर्मी तथा उपकरण सहयोगमा कार्यक्रम गरिएको सभापति पाण्डेले बताए । उक्त अवसरमा आश्रमका वृद्धवृद्धालाई फलफूल समेत वितरण गरिएको थियो ।

Related posts

संघर्षको प्रतिफल ओरालोतर्फ लाग्यो

admin

नेपाली काँग्रेस विशेष अधिवेशन आयोजक समितिले कार्यालय खोल्यो

admin

सन्दर्भ अन्तराष्ट्रिय महिला दिवस महिला कि म हेलाँ ?

admin