22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

बारबेञ्च शुभकामना आदान प्रदान

दमौली/नेपाल बार एशोसिएशन तनहूँ बार इकाईले मंगलबार शुभकामना आदान प्रदान कार्यक्रम राखेको थियो । कोजाग्रत पूर्णिमाबाट अदालतमा सार्वजनिक विदा हुने भएका कारणले बारले मंगलबार नै तनहुँ जिल्ला अदालत, सरकारी वकिल कार्यालय, जिल्ला प्रशासन कार्यालय तनहुँ लगायत अर्धन्यायिक निकायहरुलाई आमन्त्रण गरेर २०८१ सालको बडा दशै लगायतका सम्पूर्ण नेपालीजनले मनाउने चाडबाडको शुभकाना आदान प्रदान गरेको छ ।
कार्यक्रममा तनहूँ जिल्ला अदालतका न्यायाधीशत्रय, प्रमुख जिल्ला अधिकारी, बरिष्ठ अधिवक्ता, जिल्ला न्यायाधिवक्ता लगायत तनहूँ बारमा आबद्ध कानुन व्यवसायीहरुको सहभागिता रहेको थियो ।
तनहुँ बारका अध्यक्ष डम्बरदेव हड्खलेको अध्क्षतामा भएको सो कार्यक्रमको सञ्चालन सचिव हरिमान श्रेष्ठले गर्नुभएको थियो भने स्वागत सहसचिव विष्णुभक्त सिग्देलले गर्नुभएको
थियो । शुभकामना कार्यक्रममा शैलीगत प्रस्तुतीले कार्यक्रमलाई
रोमाञ्चक बनाएको थियो ।

Related posts

भष्ट्राचार रोक्नुपर्छ

admin

काँग्रेस बैठकमा अधिवेशन सार्ने प्रस्ताव

admin

मधुमेह अर्थात सुगरबारे सचेत बनौं, स्वस्थ रहौं (सम्पादकीय)

admin