26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

व्यानपाको सकरात्मक प्रयास

व्यास नगरपालिका भित्रका विद्यालयहरुको शैक्षिक सुधारका लागि गत साता व्यास नगरपालिकाले ३९ वुँदा सम्मिलित ‘यसो गरौं’ शिर्षक आवाह्न पत्र जारि गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तयार पारेर कार्यान्वयनका लागि नपा भित्रका सबै विद्यालयमा पठाइएको आवाह्न पत्रमा नपालाई शैक्षिक गन्तब्य बनाउन बिद्यालय र सरोकारवाला पक्षहरुले सम्पादन गर्नुपर्ने कार्यहरु उल्लेख गरीएको छ । सामुदायीक विद्यालयहरुको खस्कदो शैक्षिक स्तरमा सुधार ल्याउन नगरपालिकाले गरेको यो कार्य सकारात्मक छ । यसको प्रभावकारी कार्यान्वयनले नपाले भनेझैं शैक्षिक सुधार हुनेछ । आवाह्न पत्रमा उल्लेखित बुँदाहरु कार्यान्वयनमा कठिनाइ हुने खालका छैनन् । तर, कार्यान्वयनमा सरोकारवालाहरुको कति प्रतिवद्धता रहन्छ भन्ने चाहि महत्वपूर्ण हुन आउछ । यस अघि पनि विद्यालय क्षत्र सुधार तथा शैक्षिक सुधारका लागि सरकारीतवरबाट अनेकौं प्रयत्नहरु नभएका होइनन् । तर तिनको प्रभावकारी कार्यान्वयन नहुँदा अपेक्षित नतिजा आउन नसकेको अनुभव हामीसँग छ ।

माथीनै भनियो, यो आवाह्न नगरपालिकाको सकारात्मक काम हो । यति गर्दैमा नगरपालिकाले हामीले प्रयत्न गरेका हौं तर अपेक्षित शैक्षिक सुधार भएन भनेर उम्कन भने पाउँदैन, आवाह्नको कार्यान्वयन भए–नभएको अनुगमन गर्ने, कार्यान्वयन गर्ने विद्यालयलाई प्रोेत्साहन गर्ने र कार्यान्वयनमा नल्याउनेलाई ल्याउन प्रेरित गर्ने कार्य भने नपाले गरिरहनुपर्छ । यसका लागि सक्रिय अनुगमनकारी निकायको आवश्यकता पर्दछ । प्रभावकारी अनुगमन नहुँदा अपेक्षित नतिजा प्राप्त हुँदैन ।

नगरपालिकालाई साच्चै शैक्षिक गन्तब्य बनाउने हो भने प्रभावकारी अनुगमन निकाय निर्माण गरी आवाह्नको कार्यान्वयन भए–नभएको अनुगमन गर्नु गरुरी छ । आशा गरौं, नगरपालिकाले यसतर्फ पनि सोच्ने र कार्यान्वयन गर्ने छ ।

Related posts

नहर्कीको लाखौ तारा आकाशैमा

admin

नेल्टा तनहूँको आयोजनामा अंग्रेजी शिक्षकको कार्यशाला

admin

एउटा अधुरो प्रेम

admin