30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
साहित्य

नवबर्ष तिमिलाई स्वागत छ!

कमल खनाल

नवबर्ष तिमीलाई स्वागत छ
तर तिमीले
के लिएर आयौ?
पोहोर साल जस्तै
मर्म,बेदना र करूणा
बोकेर अायौ कि ?
अलि फरक भएर अायौ?
तिमी अाउदा
तराईको बाटो हुंदै अाऊ है?
पहाडका भीर र पखेराहरू हुदै
हिमाल सम्म पुगेर
प्रत्येक नेपालीहरूको घरअागनमा
सुगन्ध छर्दै अाऊ है?
पोहोर साल जस्तै
करूणा,वेदना र चित्कार
लिएर अायौ भने
बरू
तिमी अाउदै नअाऊ
तिमी अांउदा
भ्रष्टाचारमुक्त समाज
दिने गरि अाऊ है?
नेताहरुलाई दिने गरी
एक एक पोको सद्बुद्धी पनि
लिएर अाऊ है?
अनि
खाडीबाट नेपालीहरूलाई
फर्काउने गरी अाऊ
बिधवा दिदी बहिनीहरूको
सिउंदो रंगाउने गरी आऊ
धने र हर्केलाई चित्तबुझाउने गरी आऊ
सबैलाई पुग्ने गरी एक धरो कपडा पनि
लिएर आऊ
सबैका निम्ति एक मुठी चामल पनि
लिएर आऊ
गाऊँघरमा त तिमी जुनकिरी जस्तै
झिलीमिली भएर अाऊ
तर तिमीले
के लिएर आयौ?
सधै जस्तो
भ्रष्टाचार भईरहने हो भने
हर्केले रोएरै जीवन
बिताउनु पर्ने हो भने
धनेले गाऊघर नै छाडेर
खाडी पस्नु पर्ने हो भने
नवबर्ष तिमी आउदै नआऊ
तिमी आउँदा
सम्पन्नता र सम्बृद्धी बोकेर आऊ
स्वधिनता र स्वाभिमान पनि
लिएर आऊ
साच्चै खुशीयाली
लिएर आउने हो भने
भौगोलिक एकता,जातीय एकता र
राष्ट्रिय एकताको सन्देश लिएर आऊ
नवबर्ष तिमीलाई स्वागत छ
तर तिमीले
के लिएर आयौ?

कमल खनाल

 

Related posts

चट्याङ्ग चौतारी

admin

बन्दाबन्दी

admin

नामको भोकले दौडिएको एउटा मनुवा

admin