24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
साहित्य

गजल : आदत

पीपला ढुङ्गाना

मुटुभित्र  दुखाउने घाउ त्यो पुरानै
दुखाएरै जाने उसको दाउ त्यो पुरानै !!

विर्सन त खोजेँ तर भनेजस्तो कहाँ
डुबाउने जिन्दगीको तलाउ त्यो पुरानै !!

तिर्नु थियो थोरै ऋण जीवन बाँच्ने सिकाइको
लिलामी नै  गर्यो आखिर साहु त्यो पुरानै !!

फर्कन्छु लौ भन्छु र नि किन तान्छ यो सहरले
बिर्साएर आफ्नो प्यारो गाउँ त्यो पुरानै !!

मेट्छु मेट्छु भने पनि मर्नु गाह्रो हुने रैछ
निकाल्नलाई अन्तरमनको छाउ त्यो पुरानै !!

साभार : रातो पाटी

 

Related posts

अनुदान -कविता

admin

अँध्यारो जीवन

admin

गजल

admin