23.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
साहित्य

चट्याङ्ग चौतारी

काकीको खुल्दुली

यमप्रसाद सापकोटा

केही समय पहिलाको गीत थियो– ‘अल्ली यता सर न रेसम, चौतारीको बरपिपल, झै बसम्….’ तर अहिले आ’र’त नयाँ गीत रचना गर्नु पर्ने भो– ‘अल्लि उता सर न रेशम कोरोनाले समाउला के अरम’…. । कुरो पनि हो के गाँठे, जताततै फैलिएको छ भन्छन् । हामी मात्र ताई न तुइको दोहोरी गा’र हेल्च्याक्राई गरेर बस्ने ?
फेरी पल्लारे आन्टी आउनु भो, अघिल्लो अंकमा यहाँहरुलाई थाहा छ, पल्लारे आन्टी विविसी सम्वाददाता भन्दा कम हुनुहुन्न । तर पनि कहिलेकाही सोध्न भने पछि पर्नु हुन्न । आजभोलि खाने, सुत्ने, उठ्ने, फेरी खाने, सुत्ने, उठ्ने, फेरी ….. मा आन्टी पाँच बजे कसिएर लडाईमा निस्किएको सिपाही जस्तै आउनु भो । ए साउकोटा बाबु, ऐ साउकोटा…. के हो ? नाईटा घाम लाउने बेलासम्म सुतिरा’छौ । हैन के भा’हुन्, आज भोलिका केटाटीहरु ? जाँगर नलाई नलाई उठेर सोध्ने आँट गरें । के भो र काकी के समस्या प¥यो ? आन्टी गर्जिन् ‘के हुनु र खै, यो करुनाले त बेस्सरी दुःख दियो रे’न्त नेपालाँ नि । अनि यो करुनाको सप्पै भन्न’ वा… । मलाई दिनभरी अरुलाई सम्झाउन, बुझाउन परेन ? त्यसै मास्टर भ’र हिन्चौ । मैले कति मायाँ अर्चु तिम्लाई । एक मन ले झटारो हानेर लखेट्ने मन नलागेको होइन । तर बुढी मान्छे । फेरी उनको दिनचर्या र दिनभरिको टाईमपास भाषणलाई उन्को गामघरमा हालसम्म किर्तिमान गरेको
छ । तिनलाई धमिलो हुन नदिने उद्देश्यका साथ सुरुवात गरे । किनकि काकीको दिनचर्या(उनका अनुसार) समाजसेवा र अर्काको भलाईका लागि नै हुनेछ ।
आन्टि हजुर पनि यसरी लखरलखर नहिड्नुस् । अनि अहिले यसरी सरकारले समेत लकडाउन थपेको अवस्थामा सबैजनाले बेलाबेलामा साबुन पानीले मिचिमिची हातधुने, कसैसंग हात नमिलाउने, एक अर्कासंग अंकमाल नगर्ने, कम्तिमा एक मिटरको दुरी कायम गर्ने, छिनछिनमा मनतातो पानी खाने, अण्डा मासु राम्ररी पकाएर मात्र खाने, पाहुना हुन पनि नजाने र आउनेलाई पनि भरसक घरमा नराख्ने । यति भए हामी पूर्ण रुपमा सुरक्षित हुनसक्छौं । अन्टीको अनुहारमा सय वाटको बत्ती बोलेको अनुमान गरें । कारण मेरी आन्टी (काकी) लाई आज दिनभरीको टाईमपास (मसला÷खुराक) प्राप्त भै सकेको थियो । …………

Related posts

‘अचम’

admin

हाम्राे नेपाल,स्वतन्त्र नेपाल

admin

पत्रकार महासङ्घलाई क्यानको आर्थिक सहयोग

admin