विर्ता/नेपाली काँग्रेस तनहुँका पूर्व जिल्ला सदस्य एवं वी पी विचार समाज तनहुँका सल्लाहकार रघुबहादुर केसीलाइ पत्नि शोक परेको छ । केशीकी पत्नि भद्रकाली केसीको उपचारका क्रममा जेठ ६ गते निधन भएको थियो ।

शोकाकुल अवस्थामा रहनु भएका रघुबहादुर केसीले स्वर्गिय पत्निप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न आउने इष्टमित्रसंग भावुक हुँदै मेरो सामाजिक कर्म पत्निको सहयोग समर्थन र प्रोत्साहनले सम्भव थियो भन्दै माओवादीले पत्र काटेर डाकेको ठाउँमा म नेपाली काँग्रेसको कार्यकर्ता जान्न भन्न होइन जान पर्दछ हरेक अप्ठ्यारोलाइ सहज रुपमा लिनु पर्दछ भनेर पठाएको विगतको सम्रण सुनाउनु भयो ।
शोकाकुल रघुबहादुर केसीका तीन छोरा मध्ये एक छोरा ऋषिराम केसी र तीन बुहारीले क्रिया गरेका छन भने माहिला छोरा विदेशबाटै आउँदै गरेको केसीले बताउनु भयो । जेठा छोरा भने आफ्नो बाटो गरेको भन्दै भावुक भएका केसीले पत्नि वियोगलाइ सहन गर्न कठिन भएको बताउनु भयो । सातौं पुण्यतिथिको दिन जेठ १३ गते विपी विचार समाज तनहुँको टीम श्रद्धाञ्जली तथा समवेदना दिन केशी परिवारको घरमा पुगेको थियो ।
सामाजिक व्यक्तित्व रघुबहादुर केसी नेपाली काँग्रेस तनहुँको जिल्ला सदस्य, नेपाली काँग्रेस सतिस्वाँराको सभापति, हरेक अधिवेशनमा क्षेत्रीय प्रतिनिधि, लक्ष्मी निमावी र माहेन्द्रि मावीको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, राजापानी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष,मादी मर्याङ्दी करीडोरको कोषाध्यक्ष नयाँ गोरेटो कृषि सहकारी सस्थाको सल्लाहकार सदस्य समेतका समाजिक विकास निर्माणका जिम्मेवारी निर्वाह गर्नुभएको छ । साथै केशीले केही बेर भरतपुर बस्दा समेत टोलको सचिव तथा मन्दिर व्यवस्पान समितिमा समेत रहेर सामाजिक काम गर्नुभएको सम्मरण गर्दै पत्नि वियोगले आफ्ना कदममा ब्रेक लागेको विह्वलता सुनाउनु भयो ।
