दमौली/सर्वोच्च अदालत संवैधानिक इजलासले २०७७ फागुन ११ गते संसद पुनस्र्थापना गर्ने निर्णय गरेपछि तनहुँमा पनि स्वागत गरिएको छ । विशेष नेपाली काँग्रेस र नेकपाको प्रचण्ड माधव नेपाल समूहले बुधबार छुट्टाछुट्टै कार्यक्रम गरेर सो निर्णयको स्वागत गरेका हुन् । दुई तिहाई भन्दा बढी बहूमतका साथ प्रधानमन्त्री बनेका खड्गप्रसाद ओलीले करिब तीन बर्षपछि अविश्वसको प्रस्तावलाइ अल्मल्याएर २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सर्वोच्च अदालतमा उत्प्रेषणको आदेशद्वारा विघटन निर्णयलाई बदर गर्दै संसद पुनस्थापनाको माग गरेर तेह्रवटा निवेदनहरु परेका थिए । ती निवेदन उपर अदालतको सहयोगी समेत पक्ष विपक्षका कानुन व्यवसायीहरुको बहस सुन्नुको साथै बहस नोट समेत पढेर सर्वोच्च अदालत संवैधानिक इजलासले संसद पुनस्थापना गर्ने निर्णय गरेको थियो । १३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्च अदालतले निर्देश गरेको छ । उता प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसद बैठक बोलाउने तर आफूले
राजीनामा नदिने बताउँदै आएको समाचार माध्यमहरुले बताएका छन् ।