बन्दिपुर/“अमूल्य भाषा संस्कृतिको संरक्षण गरौं, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं” भन्ने नाराका साथ डुंम्रेमा भोलिबाट प्रथम बन्दिपुर साँस्कृतिक महोत्सव शुरु हुँदैछ ।
आदिवासी जनजाती महासंघ बन्दिपुर समन्वय समितिको आयोजनामा पुस २० गतेसम्म सञ्चालन हुने महोत्सवका २३० स्टल मध्ये अधिकाँश बुक भएका र महोत्सवको तयारी पुरा भएको आयोजकले समितिका संयोजक मानकाजी श्रेष्ठले बताउनु भयो । स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिईने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती समेत रहनेछ । आयोजकका अनुसार विभिन्न जातजातीको मौलिक पहिचान जनाउने नाँच तथा झाँकीहरु प्रदर्शन गर्ने तयारी रहेको छ । नाफा कमाउने उद्देश्य नराखी संस्कृतिक पहिचानको संरक्षण गर्ने महोत्सवलाई महाउत्सव बनाउन सबैको सहयोगको आयोजकले अपेक्षा गरेको संयोजक श्रेष्ठले बताउनु भयो । महोत्सवलाई भव्य र ऐतिहासिक बनाउन मूल आयोजक समितिले सरकारी कार्यालयका प्रमुख, स्थानीय सरकारका प्रमुखहरु, समाजका प्रष्ठित महानुभावहरु, पत्रकारहरुसंग छुट्टछुट्टै भेटघाट परामर्श गरी राय सुझाव संकलन गरेको संयोजक श्रेष्ठले बताउनु भयो । सातौं तनहुँ महोत्सवलाई साझा महोत्सवका रुपमा लिईदिनु हुन संयोजकले आग्रह गर्नुभयो ।