दमौली/भानु नपा– २ ढल्केवर क्षेत्रको क्यामेरामा आइतबार नरभंसी चितुवाको गतिविधि कैद भएको छ । वनको क्यामेरामा चितुवाको गतिविधि कैद भएकाले चितुवा नियन्त्रण गर्न सजिलो हुने वन अधिकृत केदार बरालको भनाइ छ । भानु क्षेत्रमा चितुवाले पटकपटक बालबालिकामाथि आक्रमण गरेपछी जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यलय तनहुँले खोजि कार्य थाले पनि चितुवा भने अझै नियन्त्रणमा आएको छैन । बन डिभिजन र एनजिओ नेटवर्कको सहकार्यमा स्थानीय विद्यालयमा बन्यजन्तुबाट जोगिने उपायहरुबारे सचेतजनमुलक प्रशिक्षण दिएको छ ।
क्यामेरामा चितुवाको गतिविधि
previous post