दमौली/एसईईको पुरक परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई सम्बन्धित विद्यालयमा नै पढाउने व्यवस्था गर्न व्यास नगरपालिकाको कार्यालयले विद्यालयहरुलाई आग्रह गरेको छ ।
सोमबार एक सूचना प्रकाशित गर्दै व्यास नपा शिक्षा शाखाका प्रमुख केदारराज आचार्यले नगरपालिका भित्रका माध्यमिक तह कक्षा १० सञ्चालित भइ २०८० सालको माध्यमिक शिक्षा परीक्षामा सहभागी गराउने सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको सिकाइ उपलब्धि तथा उत्तीर्ण दर अत्यत न्यून रहेको विषयमा कार्यालयको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
आचार्यले विषयगत रुपमा सिकाइ उपलब्धि एन. जी. (नट ग्रेडेड) प्राप्त गर्ने विद्यार्थीहरुका लागि मौका परीक्षामा सहभागी भई पुनः परीक्षा दिन पाउने व्यवस्था राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले व्यवस्था गरेको उल्लेख गर्दै सम्बन्धित विद्यालयका विषयगत शिक्षकहरु जवाफदेहीताका साथ आफ्ना आफ्ना विद्यार्थीहरुलाई समयमै सूचना प्रदान गरि सम्बन्धित विद्यालयमा कक्षा सञ्चालन गर्नुहुन अनुरोध गरेका छन् ।
सूचनामा कक्षा सञ्चालन भए नभएको कार्यालयले अनुगमन गर्ने उल्लेख गर्दै कक्षामा सहभागि हुने विद्यार्थी संख्या तथा विषयगत शिक्षकको दैनिक कार्यतालिका शिक्षा शाखा व्यासमा पेश गर्न समेत आग्रह गरिएको छ ।
तनहुँ र अन्य कतिपय जिल्लाभित्रका पालिकाहरुले पुरक परीक्षार्थीहरुका लागि आवासको सुविधा सहितको निःशुल्क कक्षा सञ्चालन गर्ने तयारी गरिरहँदा व्यासले भने यस्ता विषयमा कुनै पहल थालेको बुधबार साँझसम्म कुनै सूचना प्राप्त भएको छैन ।
समाचार
-
नेपाल पत्रकार महासंघ तनहुँ शाखासंग आवद्ध पत्रकारहरुलाई सम्मान तथा पुरस्कार दिने हेतुले स्थापित विभिन्न…
-
दमौली/तनहुँको व्यास १४ स्थित केशवटारमा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।…
-
काठमाडौं । आख्यानकार पंचम अधिकारीको नवीनतम कथासंग्रह प्रवासीको देश हुन्न लोकार्पण भएको छ ।…
-
आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि सोको विवरण…
-
शैक्षिक सामग्रि वितरण कार्यक्रम सम्पन्नलायन्स क्लब अफ तनहुँ भानुभक्त द्वारा शैक्षिक सामग्री वितरण गरिएको…
-
क्रियाशिल सात पत्रकार पुरस्कृत हुने दमौली/नेपाल पत्रकार महासंघ तनहुँको १४औं साधरणसभा असार १८ गते…
-
दमौली/सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था सहज भएको छ । राष्ट्रिय परिचय पत्र विना भत्ता…
-
दमौली/तनहूँ जिल्लाभित्रका दशैवटा पालिकाले एकै दिन असार १० गते आर्थिक बर्ष २०८१÷२०८२ को नीति…
-
दमौली/भानु जन्मस्थल विकास समितिले आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी तीन…
