दमौली/भोलीबाट सुरु हुने एसईई परीक्षामा तनहुँका १८० विद्यालयका विद्यार्थीका लागि ४६ केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाईका सूचना अधिकारी विश्व रेग्मीले जानकारी गराएका छन् ।
रेग्मीका अनुसार तनहुबाट नियमित तर्फ ६ हजार १३८ र ग्रेडवृद्धि तर्फ ३७ गरी ६ हजार १७५ जना परीक्षार्थी यस पटकको एसईईमा सहाभागी हुनेछन् । परीक्षा सञ्चालनका लागि २६ केन्द्राध्यक्ष, ४२ सहायक केन्द्राध्यक्ष, ३१९ निरिक्षक तथा १२५ परीक्षा सहायक गरी ५७६ जनशक्ति परिचालन हुनेछन् ।
प्राप्त जानकारी अनुसार २६ परीक्षा केन्द्रमध्ये सबैभन्दा धेरै परीक्षार्थी निर्मल मावि केन्द्रमा रहेका छन् । यो केन्द्रमा ३९० विद्यार्थीले परीक्षा दिनेछन् । क्यामिन मावि कलेस्ती केन्द्रबाट परीक्षामा सहभागी हुने विद्यार्थी संख्या सबैभन्दा थोरै रहेको छ । यो केन्द्रबाट १५१ विद्यार्थीले एसईई दिनेछन् । सत्यवती मावि केन्द्र तथा बालमन्दिर मावि केन्द्रमा सबैभन्दा धेरै ११/११ विद्यालयका विद्यार्थीले परीक्षा दिनेछन् भने सबैभन्दा थोरै खैरेनी मावि खैरेनीमा दुइवटा विद्यालयका विद्यार्थीले मात्र परीक्षा दिनेछन् ।
विद्यार्थीको सहजता हेरेर तनहुँका १० वटै पालिकामा परीक्षा केन्द्रहरु कायम गरिएको रेग्मीले बताए । उनका अनुसार व्यासका ७ वटा विद्यालयमा केन्द्र रहेको छ भने शुक्लाका ६,बन्दिपुर र भानुका ३/३ तथा भीमादका दुई विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ । देवघाट, आँबु, ऋषिङ, घिरिङ तथा म्याग्देका भने एक/एक विद्यालयमा मात्र परीक्षा केन्द्र कायम गरिएको छ ।
शुक्रबारबाट सुरु हुने एसईईमा यस पटक देशभरबाट ५ लाख १४ हजार परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । देशभर २ हजार ७ परीक्षा केन्द्र कायम गरिएको छ भने ११ हजार ६ सय १६ विद्यालयमा अध्ययनरत विद्यार्थी परीक्षामा सहभागी हुने छन् ।
कोभिड–१९ का कारण मुस्किलले ४ महिना मात्र पढ्न पाएको भन्दै कक्षा ११ मा पढ्न हरेक विषयमा ३५ प्रतिशत अंक ल्याउनु पर्ने नयाँ प्रावधानले आफुहरुलाई असजिलो बनाएको विद्यार्थीको गुनासो रहेको छ ।
समाचार
-
दमौली/व्यास नगर पालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले आफु फेरी नगर प्रमुख हुन चाहेको बता्एका छन्…
-
सेवर/नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले सर्वज्योति माध्यमिक विद्यालयमा बुधबार समन्वय वैठक सम्पन्न गरेको छ…
-
मुलुक स्थानीय तहको निर्वाचनमा होमिई सकेको छ । निर्वाचनको तयारीका लागि हुने खर्चको असी…
-
रमेश विकलस्थानीय निकायको निर्वाचन आउन ३५ दिन मात्र बाँकी रहँदा देशभर जस्तै तनहुँमा पनि…
-
दमौली/व्यास नगरपालिकाको उम्मेदवारी दिने अठोटका साथ दीपकराज जोशीले बुधवार दमौलीमा सम्पर्क कार्यालयको उद्घाटन गराएका…
-
दमौली/नेपाल रेडक्रस सोसाईटी तनहूँ शाखाले समावेशी समुदाय निर्माणमा अपांगता भएका व्यक्तिहरूको शसक्तिकरण कार्यक्रमका लक्षित…
-
सिद्धेश्वरी बाल क्लब तथा नेपाल जुनियर रेडक्रस सर्कल सिद्धेश्वरी मावि व्यास–१२ को संयुक्त आयोजनामा…
-
दमौली/निर्वाचन अयोगले आगामी स्थानीय निकायको निर्वाचनका लागि मतदाताको नामावली प्रकाशन गरेको छ ।आयोगका अनुसार…
-
दमौली/तनहुँ उद्योग वाणिज्य संघले सञ्चालन गरेको आठौं तनहुँ महोत्सव आज आठौं दिनसम्म भव्य र…
