दमौली/नेपाली कांग्रेस तनहुँले विभिन्न कारणले पार्टीबाट अलग भएका पूर्व पार्टी सदस्यहरुलाई मूलधारमा फर्कन आग्रह गरेको छ ।
आइतबार एक विज्ञप्ती प्रकाशित गरी कांग्रेसले पार्टीबाट विभिन्न कारणल अलग रहेका तथा स्वतन्त्र भूमिकामा रहेका सबैलाई पार्टीको सम्मान गर्दै विनासर्त कांग्रेसको मूलधारमा फर्कन आग्रह गरेको हो । सभापति जितप्रकाश आलेले जारी गरेको विज्ञप्तीमा मूलधारमा समाहित हुन आउने सबैको उचित सम्मान र मूल्याङ्न हुने तथा आगामी दिनमा कुनै प्रकारको विभेद नहुने समेत उल्लेख गरिएको छ ।
गत स्थानीय निर्वाचनको समयमा जिम्मेबार व्यक्तिहरु नै पार्टीको आधिकारिक उम्मेदबारको विरुद्ध लागि पर्दा पार्टीलाई क्षति पुगेको उल्लेख गरिएको विज्ञप्तीमा पार्टीको जिम्मेबार निकायबाट न्यायपूर्ण निर्णयको प्रयत्न गर्दा गर्दै पनि पार्टीबाट पर्याप्त अवसर पाएका तथा अवसरको नजिक रहेका कतिपय सदस्यहरु मूलधारबाट बाहिर रहन हुन्न भन्ने मान्यताका साथ भाद्र ९ का नेपाली कांग्रेस तनहुँको बैठकले मूलधारमा समाहित हुन आह्वान भएको जनाइएको छ ।
विज्ञप्तीमा व्यक्तिले गरेका त्रुटीका कारण कांग्रेसको सिद्धान्त, आदर्श र मान्यता कमजोर नभएको बरु व्यक्ति नै किनारा लागेको इतिहास भएका स्मरण गराइएको छ ।
समाचार
-
शिबपान्चायन मन्दिरमा बुधबार चुडा कर्म (ब्रतवन्ध) पछि गृह प्रवेशका क्रममा आमा संगिता थापाको काखमा…
-
दमौली/व्यास–१० मंगली गैह्रामा सरसफाई केन्द्र स्थापना गर्न जग्गा खरिदका लागि नेपाल सरकारसंग स्वीकृति माग…
-
दमौली/समुदायमा आधारित आपतकालिक प्रतिकार्य टोलीलाई पाँच दिने आधाभूत तालिम भाद्र ५ गतेबाट शुभारम्भ भई…
-
सितलचोक युवा क्लव व्यास–४ को आयोजनामा शुरु भएको प्रथम मेयर कप २०७९ बुधबारबाट दमौलीमा…
-
विशेषसम्वाददातानेपाल सरकारले मंसिर ४ गतेलाई प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तोकि सकेको…
-
दमौली/व्यास नगरपालिका तनहूँको कार्यालयबाट प्रदान गरिने सेवामा नागरिक पहूँच बृद्धि गर्न ले बुधबारदेखि नागरिक…
-
भाद्र ३ गते भोली, भाद्र कृष्ण पक्षको अष्टमी तिथी । यो दिन संसारभरका हिन्दु…
-
ज्ञान आर्जन गर्ने भोकः व्यास नगरपालिका वडा नं १२ गोल्ला बस्ने ५६ वर्षिय ऋषिमाया…
-
महर्षि वेदव्यास फाउन्डेशन व्यास–३ तनहुँले सञ्चालन गरेको गुरुकुल विद्यापिठमा दैनिक सञ्चालन हुने रुद्री पाठ…
