गजौडे/व्यास–९ गजौडेमा ४५ दिने सिलाई कटाई तालिम आईतबार सम्पन्न भएको छ । दुई लाख साठी हजारको लागतमा ३० जनालाई सिलाई कटाई तालिम प्रदान गरिएको गजौडेबाट बाबुराम खनालले बताउनु भयो । सो तालिमको वडाध्यक्ष सुरेश थापाको प्रमुख आतिथ्यतामा समापन भएको थियो । समापन कार्यक्रममा नेरेसो कलेस्ती उपशाखाका सभापति बाबुराम खनाल, वडाकार्यालयका सचिव चेतबहादुर दरै, सहभागि अप्सरा घर्ति र ज्योति थापा लगाएतले तालिमको महत्व र यसको व्यवहारिक उपयोगका बारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो । वडा सदस्य जानू सुनारको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन सर्मिला आचार्यले गर्नुभएको थियो । स्वागत मञ्जु आचार्यले गर्नुभएको थियो । सहभागि राधा भण्डारी तालिमबाट आफू निकै प्रभावित भएको सुखानुभूति व्यक्ति गर्नुभएको थियो ।
Tanahu Awaj
-
ऐना आफै बोल्छ भारतको आगरामा ताजमहल छ । इ.सं. १६४८ मा शाहःजहाँले आफ्नी महारानी…
-
दमौली/पृथ्वी राजमार्गको मुग्लिङ पोखरा सडक खण्ड केहि दिन निश्चित समयका लागि बन्द हुने भएको…
-
दमौली/विज्ञान शिक्षक समाज तनहुँ र विद्यार्थी विज्ञान समाज तनहुँले डिजिटल विज्ञान हाजिरी जवाफ प्रतियोगिता…
-
दमौली/व्यास नगरपालिकाको शहरी विकासमा अष्ट्रेलियन भोलेन्टीयरहरुको सक्रियता बढेको छ । व्यास नगरपालिका र अस्ट्रेलियन…
-
चन्द्रा पौडेल म्याग्दे इनर ह्वील क्लब अफ न्युरोड पोखराले म्याग्दे ४ मनहरी स्थित पार्वती…
-
–व्यास १२ देउरालीमा रहेको देउराली आधारभूत विद्यालय यो शैक्षिक शत्र शुरु भएसंगै मर्ज भयो…
-
जिम्मेवार प्राधिकरण हो वा उपभोक्ता समिति अन्योल उम्से÷तनहुँ जिल्लाको साविक राम्जाकोट हालको घिरिङ्ग गाउँ…
-
दमौली/२१ वर्ष अघि माओवादीले हत्या गरि दिएका शहीद सरस्वतीकृष्ण श्रेष्ठकी पत्नि पार्वती श्रेष्ठको ६१…
-
पृष्ठभूमिः सर्वोच्च अदालतले सार्वजनिक सरोकारको रिटमा फैसला गर्दै भनिएको रहेछ– ‘वातावरणीय स्वच्छता, उपभोक्ताको हित…
