दमौली/नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत वडा, गाउँ, नगर, प्रदेश, क्षेत्रको निर्वाचन सम्पन्न गरेर अब जिल्ला निर्वाचनमा प्रवेश गर्दैछ । मंसिर १० गते जिल्ला अधिवेशन भनिएको छ । निर्वाचन परिणामले अबको नेपाली काँग्रेस तनहुँमा कुन गुटले कब्जा गर्दछ भनेर आँकलन गर्न सक्ने अवस्था रहेको छैन । क्षेत्र नं. १ मा पार्टी सभापति बैकुण्ठ न्यौपाने पक्ष बलियो देखिएको छ भने क्षेत्र नं. २ मा कार्यवहाक सभापति जीतप्रकाश आले पक्ष बलियो देखिएको छ ।
तनहुँ राजनीतिमा मतदाताहरुको मतदानको अवस्थालाई विश्लेषण गर्नेहरुले गाउँ प्रदेश र क्षेत्रमा देखिएको मतपरिणाम जिल्ला निर्वाचनमा पनि त्यस्तै हुन्छ भन्न नसकिने विश्लेषण गर्दछन् । तर मतदानको शैली हेर्दा गुटगत मतदान जिल्ला अधिवेशनमा पनि हुने संकेत देखिएको छ ।
तनहुँ काँग्रेसको गुटगत प्रतिष्पर्धा वडा तहसम्म पुगेको र वडा तहसम्म भएको अस्वस्थ प्रतिष्पर्धाले अगामि निर्वाचनलाई प्रभावित पार्ने चिन्ता स्वाभिमान कार्यकर्तामा बढेको छ । विगतमा प्रदेश र संघीय निर्वाचनमा पराजित बनेको नेपाली काँग्रेस आगामि निर्वाचनमा स्थानीय तह पनि गुमाउनु पर्ने चिन्ता कार्यकर्तामा छाएको छ । गुटगत अस्वस्थ प्रतिष्पर्धाले क्रियाशिल सदस्य पाउनु पर्नेले पाएनन् । क्षेत्रप्रतिनिधि पनि पाउनु पर्नेले पाउन सकेनन् । त्यसैगरी नेपाली काँग्रेसले गाउँ, क्षेत्र, जिल्ला र प्रदेशको नेतृत्वमा पु¥याउनु पर्ने कार्यकर्तालाई पु¥याउन सकेन । यस पटकको निर्वाचन परिणाममा काँग्रेसका असली कार्यकर्ताभित्रको स्वाभिमानी समूह भन्दा पनि स्वार्थ समूहको बर्चश्व रहेको विश्लेषण गरिएको छ । काँग्रेसको अस्तित्वको लडाईका लागि समर्पित कार्यकर्ता अपमानित र व्यक्तिगत स्वार्थका लागि समर्पित कार्यकर्ता गुटको भेलमा बगेर सम्मानित भएको अवस्था काँग्रेसको दिर्घकालिन अस्तित्वका लागि अनिष्टको सूचक हो । त्यसैले प्रतिपक्षसंगको प्रतिपर्धामा काँग्रेसले सफलता हासिल गर्न असफल हुने कार्यकर्ता पंक्तिको आँकलन छ ।
कडाप्रतिष्पर्धाका बीचमा नेपाली काँग्रेस तनहुँको नेतृत्वका लागि उम्मेदवारी दिने आकाँक्षी धेरै जना देखिएको भएतापनि हालसम्मको अवस्थामा वर्तमान सभापति बैकुण्ठ न्यौपाने र कार्यवहाक सभापति जितप्रकाश आले बीच प्रतिप्रधा हुने देखिएको छ । अगामि निर्वाचनप्रति कार्यकर्ताबाट व्यक्त भएको चिन्तालाई ध्यान दिंदै सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास देखिएको भएतापनि महाधिवेशन प्रतिनिधि निर्वाचनले तताएको तनहुँको राजनीतिमा सर्वसम्मत नेतृत्व चयन गर्न कठिन रहेको जानकारहरु बताउँछन् ।