
संसार सृष्टी भएपछि मानव जीवन सुरु भयो
अझ पनि त्यसमा दुइटा नारी पुरुष छुट्टियो ।
पुरुष भने शिव अरे यता नारी पार्वती
नारी पुरुष समान भन्छन् तर नारीको छ दुर्गती
महिनावारी नारीलाई गड गिफ्ट दिएर
भगवान किन दुःख दिन्छौ नारी चिनाएर
महिनावारी नहुँदा त्यही नारी लक्ष्मी
महिनावारी भाको बेला हेर तिनको दुर्गती
महिनावारी हुँदा नारी अछुत भाका अरे
विराला र कुकुर भन्दा साना भाका अरे
बदलिँदो जमानामा पनि नारी अछुत हुने
सरसफाई ठूलो कुरा तर घृणित हुने
बुबा, काका, दाजुभाइलाई छुन हेर्न नहुने
कस्तो चलन हो यो मन्दिर पस्न नहुने
छाउ घरमा बस्ने अरे अन्त छुन नहुने
खेतीबाली कुहिनछ रे तिनले छोए भने
महिनावारी पछि नारी परिवक्व बन्छे
अनि मात्र आमा बन्न सक्षम उ हुन्छे
सक्छौ भने छाउघर हटाई घरमा बस्ने बनाऊ
नारी पिडा आफ्नो सम्झी उसलाई जीवन देऊ
नारीहरुको पिडा बुझि समाधान निकाल्देउ
कानून कडा बनाई सबैमाझ पु¥याईदेऊ
उद्धार गर्न अघि सर पिडित हामी नारीको
मायाँ, सम्मान, इज्जत गर घरकी लक्ष्मीको