काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा रहेको इम्पेरियल वर्ल्ड स्कुलमा दुई दिने काठमाडौँ साहित्य महोत्सवको आयोजना गरिएको थियो । दुई दिन सम्म चल्ने साहित्य महोत्सव फागुन १४ र १५ गते चलेको थियो ।
महोत्सवको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ हास्य व्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो अभिनय र गायन यात्राका सुरुवातका दिनहरूको स्मरण गर्दै बालबालिकालाई स्कुल पढ्दा देखि नै साहित्य, कलामा सिक्ने अवसर पाएको भन्दै सुवर्ण अवसरको सदुपयोग गर्न आग्रह गरे ।
महोत्सवमा विद्यालयका बालबालिकाहरूले लेखेका नेपाली भाषाको कथा संग्रह परिवर्तनका आभाहरू नामक पुस्तक र अङ्ग्रेजी भाषामा लेखिएको आई विल टेल यु अ स्टोरी पुस्तक विमोचन पनि गरिएको थियो ।
महोत्सवको उद्घाटनमा स्कुलका संस्थापक अध्यक्ष कुमार कार्की, स्कुलका प्रधानाध्यापक जुनीता शाही कार्की लगायतले बोलेका थिए ।
महोत्सवमा कला, भाषा,गीत, सङ्गीत तथा वाद्यवादन लगायतका विभिन्न क्षेत्रका २२ जना विज्ञले विद्यार्थीसँग सम्बन्धित विषयमा विशेष अन्तरक्रिया गर्ने र विद्यार्थीहरूले बनाएका विभिन्न चित्रहरूको प्रदर्शनी र नेपाली, अङ्ग्रेजी भाषामा नाटक मञ्चन समेत गरेको इम्पेरियल वर्ल्ड स्कुलले जनाएको छ ।
साथै नेपाली कला संस्कृति झल्किने सामाग्रीहरू, गणित विषयमा प्रयोग गरिने विधिहरूका सामाग्रीहरूका साथै विद्यार्थीहरूले बनाएका विभिन्न चित्रहरू प्रदर्शन गरिएको थियो ।
साहित्य
-
दमौली/तनहुँ समाज हङकङले विद्यार्थी भलिबल खेलाडीलाई पोसाक सहयोग गरेको छ । समाजले मंगलबार दुई…
-
जन्मैदेखि विभेद हुन्छ छोरीको जातलाईसहने कति आफ्नै जीवनमा भाको घातलाईस्कुल जान्छ संगैको दाई, बहिनी…
-
गरिबलाई होच्याउने तीज बढ्दै हो की ।गहनाको प्रदर्शनी तीज बन्दै हो की । संस्कृति…
-
निर्मला तिमीले न्याय पाउन, अझै कति दिन रुने हो ?ति बाबु आमाको आशुँले कति…
-
देश बनाउनलाई भष्ट्राचार रोक्नुपर्छ ।समाजी काम गर्नेले लोभलाई त्याग्नु पर्छ ॥राजनिति नेताहरु सचीए देश…
-
दमौली/मुलुकमा भ्रष्टाचार बढ्दै गएको, ठूला ठूला दलका नेता र तिनका परिवारका सदस्यहरुकै नाम भष्ट्राचार…
-
माटोको ममता तिमीसित यदी साँच्चै भएको भए ।सारा लोकहरु रमेर खुशी भै तिम्रै पछाडी…
-
“भाषा साहित्य वाङ्गमयको आधार सांस्कृतिक संरक्षण बिकासको पुर्वाधार“ मूल नाराका साथ “गीतल प्रतिस्ठान नेपाल…
-
गजलराष्ट्रवादको अस्तित्वमा आज नारा लाउन पाउँलोकतन्त्रको उमंगमा मीठो गित गाउन पाउँबीर सहिदको रगतले मुछिएको…