Tanahun Awaj
Uncategorized

तीज

रस्मिका सुवेदी
सिद्धेश्वरी मावि
व्यास–१२

गरिबलाई होच्याउने तीज बढ्दै हो की ।
गहनाको प्रदर्शनी तीज बन्दै हो की ।

संस्कृति हो की कि विकृति सोच्न बाध्य भएँ
हुनेखानेले देखाउने रवाफ तीज बन्दै हो की ।

हिजो दुख र बेदना पोख्ने संस्कार
आज दुःखी गरिबलाई पिट्ने संस्कार बन्दै हो की ।

वन पाखामा गुञ्जिने सुन्तली र डल्लीका भाका
आज डिस्को डान्समा मुछिदै हो की ।

हुदा खानेलाई तीज संस्कार बन्दै छ,
हुने खानेलाई यही झङ्कार बन्दै होकी ।

पँधेरीमा दिदी वहिनी एक भइ पोखेका वेदना
आज प्रतिस्पर्धामा होडबाजी चल्दै हो की ।

टोकिन्थे दतिवन दाँतले अमृत मानी
तिनै दाँतले आज चौटा टोकिदै छ की ।

आमाले लाउँथिन वर्षौ एउटै सारी
आधुनिकताको नाममा गलत बाटो मोडिदै हो की।

३६४ दिन पतिको सत्तोसराप गरी बस्नेले
एक दिन उपास बस्दैमा लामो आयु नहुने हो की ।

कहाँ गए हाम्रा गुन्यु चोली, अमूल्य गहना ?
एक पटक सबै नारीले सोच्ने होकी ।
एकपटक सबै नारीले सोच्ने होकी ।।

Related posts

महिला खुल्ला हाफ म्याराथन

admin

बारबेञ्च शुभकामना आदान प्रदान

admin

बैशाख एघारको सन्दर्भ-सम्पादकीय

admin