संसारको सृष्टिलाई जोगाउने नारी
प्रसव पिडा सहेर रगत बगाउने नारी
मैनवत्ती झैं बली आँसु धारा चुहाउँदै
संसारलाई उज्यालो गराउने नारी
सन्तानको पेट भर्न आफु भोकै वस्ने
सुन्दर संसार बनाउन सधैं कम्मर कस्ने
अन्याय र अत्याचारलाई अंगालोमा हाली
हजार पिडा सहेर हाँस्छन् विवस नारी
जन्मै नपाइ कोखबाट मारिन्छन् कति नारी
अलिकति ठूला भए दासी बन्छन् नारी
नारी दिवस भनि एक सय तेह्र मनाउँदै गर्दा
देशमा कुनै चासो छैन बलात्कारले नारी मर्दा
छाउपडी र दाइजो प्रथाले घुम्टो ओडेकै छ
जती नारा लाएपनि महिला हिंसा बढेकै छ ।
नारी हकले संविधानका पाना भरिए पनि
महिला उत्थान संस्था देशै भरी छरिएपनि
बलत्कारी घटनाको हेडलाइन बन्छ जहिले
निर्मला जस्ता बालिकाले न्याय पाउँछन् कहिले ?
क्यालारा जेटकिन जस्तै हामी नारी जाग्नुपर्छ
समाजको महिला हिंसा जरै देखि भाग्नुपर्छ ।
साहित्य
-
यो देशमा विदेशको हावा आउनसम्म आयोमिडियाबाट झन छिटो विकृति नै आयोयो संसारलाई लोम्याउने विकृतिको…
-
गायक रोजी रहेछन् गजलहरूसायर खोजी रहेछन् गजलहरू रसिला तारूण्य भाव थन्क्याउनेप्रेमका गोजी रहेछन् गजलहरू…
-
१झिक्यो मह रित्याई सक्यो घार फर्केर आउँदैनएक पटक आउँछ मौका बारबार फर्केर आउँदैनराष्ट्रघाती र…
-
मेरो बाबा, प्यारो बाबाबाबा तिमिले पढायौं बढायौंनमान्दा भनेको, पिटेनौ करायौहाँसो हुन्थ्यो मुहारमा दुःख लुकाउँथ्यौ…
-
१तल त ठिकै थ्यो मिलेमतो, माथि फेरेनजिकिन चाहेनन् दुखमा साथी फेरेसबै अवसरवादी रहेछन्, हाम्रा…
-
नकचरो नेताहरु साँढे जुधे झै गरी ।हाम्रो देशमा दाइ भयो बिना मियोको सरी ।।नेतालाइ…
-
चोट भएनि सानो मलम सबैलाई चाहिन्छ !मलम किन्न पनि रकम सबैलाई चाहिन्छ !! लगातार…
-
मैदान अनि चौतारी सब सुनसान छ फर्क युवा ।मान्छेमान्छेमै लुछाचुडी हानाहान छ फर्क युवा…
-
अठारौं शताब्दीमा जन्म लिएर, नक्षत्र बनिरह्यौसाहित्य विधामा आई हामीलाई, ऋणी बनाई गयौ ।रामायणले नेपाली…