वर्षेनी गाउँका बाँझा खेतहरुले
ठूटे हलो र भुत्ते कोदाली सगै
परिवर्तनको आशामा असारे माहोल अगाल्दा
ताछिन्छन् अनि थपिन्छन हरपल आलीहरु
जोतिन्छन अनि रोपिन्छन हरक्षण बाँझा खेतहरु
किसानी दाईको सुन फलाउने अद्भुत सपना
काँचुली फेर्न नसकेको असार र बाँझा खेतहरु
वर्षेनी आउछ जान्छ कैयौंपटक यसैगरी
सुनको बदलामा किसानी दाईलाइ बैगुन
पटक्कै जेजति खनजोत र मलजलमा पनि
झारपात र किराको उपस्थिती मौसम र प्रकोपको बिगबिगी
हर समय मुहाने गरामा कुलो सोझ्याउदै गर्दा
खेतका प्रत्येक आलीमा डुल्दैगर्दा
सहनै नसक्ने गरि भक्कानिन्छ किसानी दाइ
मेहनत र पसिनाको बदलामा
केवल दुख कष्ट आपत र बिपद् मात्रै
किन खै किन फेरिन नसकेको असार अनि बाँझा खेतहरु
फेरिन नचाहेको परिस्थिति र परम्पराहरु
आजसम्म कैयौंपटक आयो गयो कैयौं असारहरु
कैयौं असारहरु सदासदा आली र हिलो र झरिमा
उही पुरातन परिस्थिति उहीँ अभाव र सम्भावना ।।
साहित्य
-
मैदान अनि चौतारी सब सुनसान छ फर्क युवा ।मान्छेमान्छेमै लुछाचुडी हानाहान छ फर्क युवा…
-
आजकल ढिलो गरिकन ऊठ्छे बुहारी ।ऊठ्ना साथ फेसबुक तीरै जुट्छे ।। सभ्यताको कुरै छाड…
-
प्रेम गर्नेहरु किन यता उता मन डुलाऊछन्न त फक्राउछन नै न त फुल झै…
-
जिन्दगी चलाउन केवल माया अपार चाहिन्छ ।मुखले मात्र कहाँ हुन्छ र व्यवहार चाहिन्छ ।।…
-
करोडौँ जन्मने मर्ने प्राणी चक्र निरन्तरपैदा भएर मर्दैन त्यस्तो बस्तु कहाँ छ र?मरेर बाच्न…
-
जाऊ चरी जाऊ माथी माथी जाऊआकाशका जुन तारा छुदै छुदै आऊ।हामी सङ्ग खेल्न आऊ…
-
आमाको मन दुष्ट हुन्न कहिल्यै सन्तानका खातिरखोला,जङ्गल,तेज,वायु,धरती हामी सबैका भर।हाम्रा भन्न सकेन दुस्ट मनले…
-
माथि आकाश देखाउदै भन्ने गर्थीत्यस्तै विशाल छ हाम्रो सम्बन्ध पर बगेको खोला देखाउदै भन्ने…
-
विचरा त्यो गरिबले पुग्ने जति कुनै राहत लिनै सक्दैन ।एक घुड्की पानि र एक…