२००४ सालमा संस्कृत छात्राबासमा जयन्तु संस्कृतीको आन्दोलन भएको थियो । त्यसको नेतृत्व श्रीभद्र शर्माले गर्नुभएको थियो । श्रीभद्र शर्मालाई साथदिने राजेस्वर देवकोटा श्रीकान्त अधिकारी, काशिनाथ गौतम, अचुतराज रेग्मी र कमल रेग्मीहरु थिए । तत्कालिन सरकारले ति सबैलाई संस्कृत छात्राबास बाट निकाली दियो । २००५ सालमा श्रीभद्र शर्माले तनहुँको मुलपानीमा नेपाली कांग्रेसको चारतारे झण्डा गाडेर राता रात गएर मानुङको मौलामा नेपाली कांग्रेसको चारतारे झण्डा गाड्नु भएको थियो । २०१५ सालको आम निर्वाचनमा तनहुँ जिल्लालाई दुई क्षेत्र बनाइएको थियो । मादी नदी देअि पूर्व एकक्षेत्र र मादीनदी देखि पश्चिम एक क्षेत्र बनाइएको थियो । मादीनदी देखि पूर्व श्रीभद्र शर्मा र पश्चिमको क्षेत्रमा पदम बहादुर आले मगरले नेपाली कांग्रेसको प्रतिनिधि सभाको सदस्यमा विजय हासिल गर्नु भएको थियो । नेपाली कांग्रेसले दुई तिहाइ बहुमत ल्याएको थियो । बी.पी. कोइरालाको नेतृत्वमा सरकार बनेको थियो । २०१७ साल पौष १ गते प्रजातन्त्र अपहरण भयो । नेताहरु धेरै प्रवासी बने भने केहि जेलमा पर्नु भएको थियो । २०३३ सालमा बी.पी. कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भयो । बी.पी.को दबाबले राजा बिरेन्द्रले २०३६ सालमा जनमत संग्रहको घोषणा गर्नुभयो । राजाबाट मनोनित गरेको मन्त्रीको पद राजिनामा गरेर जनमत संग्रहले राजनैतिक समस्या समाधान हुँदैन । टतस्थ सरकारले सिधै बहुदल घोषणा गर्नु पर्दछ भनेर श्रीभद्र शर्माले भन्नु भएको थियो । जनमत संग्रहमा पञ्चायती व्यवस्थाले मिmनो मतले जित्न सफल भयो । नेपाली कांग्रेसका सभापतिहरुले हामीहरुलाई कि पञ्चायतमा प्रवेश गर्न दियोस् कि हामीहरुको ज्युधनको सुरक्षा भराइ पाउँ भनि सबै मान्य नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला संग अनुरोध गर्नु भएको थियो । यो पटक सरकार कसरी टिकेको छ भने नेपाली कांग्रेस बढि भएको ठाउँमा कम्यूनिष्टको सहयोग लिएर नेपाली कांग्रेसलाई दबाउन कम्यूनिष्ट बढि भएको ठाउँमा कांग्रेसको सहयोग लिएरदबाउन त्यो पञ्चायति सरकार टिकेको छ । अझ चाडैन हामीहरु अन्तिम जन आन्दोलन गर्न विशाल आमसभा बोलाउन लागि रहेका छौं । जन आन्दोलन सफल भयो र प्रजातन्त्र पून स्थापना भयो भने राम्रै भयो यदि प्रजातन्त्र पूनःस्थापना गराउन सकिएन भने हामी सबै पञ्तायती व्यवस्थामा अत्मसमर्पण गरौंला भनेर गणेशमानले भन्नु भएको
थियो ।
गणेशमान जी को चाक्सिबारीको विशाल आमसभा प्रति नेपाली काँग्रेसको चार तारेझण्डा फहराएको थियो । नेपाली काँग्रेसको तर्फबाट गणेशमान सिंह, कृष्णप्रसाद र गिरिजा प्रसाद कोइरालाले संबोधन गर्नुभएको थियो भने बाममोर्चाको तर्फबाट मनमोहन अधिकारी र साहना प्रधानले संबोधन गर्नुभएको थियो । भारतका तत्कालिन प्रधानमन्त्री चन्द्रसेखरले संबोधनको क्रममा भन्नुभएको थियो– नेपाली दाजु भाई दिदि बहिनिहरु नेपालमा प्रजातन्त्र ल्याउने हो भने तपाईहरुले एउटा काम गर्नुपर्छ त्यो के हो भने तपाइहरुको मनमा डरभन्ने चिज छ म त्यसलाई झिकेर टुडिखेलको खरिको बोटमा झुण्ड्याइ दिइएर जन आन्दोलनमा भाग लिनोस् नेपालमा प्रजातन्त्र स्थापना हुनेछ । भारतकै कम्यूनिष्ट नेता हरिकृष्ण सिंले हाम्रा प्रधानमन्त्री र हामीहरुको बीचमा राजनैतिक मतमतान्तर भएपनि नेपालमा प्रजातन्त्र ल्याउनको लागि प्रधानमन्त्री चन्द्रसेखरले भन्नुभएको कुरामा हाम्रो पनि पुर्ण समर्थन छ भनेर भन्नुभएको थियो । १९ दिनको जनआन्दोलनले नेपालमा प्रजातन्त्र स्थापना गरायो । नेपाली कांग्रेस र बाम मोर्चाको गठबन्धन सरकार बन्यो । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बन्नुभयो । प्रधान मन्त्री कृष्ण प्रसाद भट्टराईले एक वर्ष भित्र संविधान बनाएर २०४८ सालमा निर्वाचन गराउनु भयो । आम निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्यायो पनि नेपाली कांग्रेस विपक्षी संगको गठबन्धन गरेर कृष्णप्रसाद भट्टराईलाई पराजय गराईदिएर नेपाली कांग्रेसका नेता गिरिजा प्रसाद कोइरालालाई प्रधानमन्त्री बनाउने अवसर जुटाइदियो । बन्दुकका भरमा सरकार हातमा लिन्छौं भनेर २०५२ सालमा जंगल पसे । हजारौ मानिसहरुले अकालमा ज्यान गुमाउनु पर्यो । हजारौ मानिसहरु अपाङ्ग बने । देशमा बनेका संरचनाहरु ध्वस्त पारियो । १२ वर्ष पछि बन्दुकको भरमा शासन लिन नसकिने रहेछ भनेर २०६३ सालमा संसदिय व्यवस्थामा आस्था समर्पण गर्नुभयो । शान्ति सम्झौता भयो । हस्ताक्षर पनि भयो ।
जनमुखी सरकार बन्न सकेको छैन
previous post